क्वालालम्पुर-काठमाडौँ सातामा चार उडान हुने « Khabarhub

क्वालालम्पुर-काठमाडौँ सातामा चार उडान हुने


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना महामारीका कारण बन्द भएको हवाई उडान फेरि संचालन भएसंगै मलेसियाको क्वालालम्पुर-काठमाडौँ सातामा ४ उडान हुने भएको छ ।

मलेसियास्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै क्वालालम्पुरदेखि काठमाडौँको लागि सातामा ४ वटा उडान हुने जनाएको छ । ती उडान दुई पटा नेपाल एयरलाईन्स र दुईवटा मलेसियाका एयरलाईन्सका हुनेछन् ।

नेपाल जाने टिकट लिनुअघि आफूसँग भएका कागजातहरु (राहदानी, ट्राभल डकुमेण्ट, भिसा,चेक आउट मेमो) को मान्य अवधी ख्याल गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

मलेसियाबाट स्वदेश फर्किने नेपालीहरुले ७२ घण्टाभित्रको पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ भएको प्रमाण पत्र तथा सीसीएमसीले जारी गरेको फारम भरेर बारकोड अनिवार्य रुपमा साथमा हुनुपर्नेछ ।

काठमाडौं पुगेपछि ५ दिनसम्म अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । काठमाडौँमा पनि पीसीआर परीक्षण गरिनेछ ।  रिपोर्ट नेगेटिभ आएमा १० दिन होम क्वारेन्टिनमा बस्नेगरी घर जान दिइने छ ।

कोरोनाविरुद्धको दुवै खोप लगाएरहरुलाई भने अबदेखि १० दिन होम क्वारेन्टिनमा बस्ने गरी सिधै घर जान दिने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको आदेश २०७८ मा विदेशबाट स्वदेश फर्किने यात्रुले खोपको मात्र पूरा गरी प्रमाणपत्र साथमा भएमा र कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ भएका यात्रुलाई १० दिन होम क्वारेन्टिनमा बस्ने गरी सिधै घर जान अनुमति दिने व्यवस्था गरेको हो ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ९ : ४५ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल