पहिरोको जोखिमबाट बच्यो काराङ्गा गाउँ « Khabarhub

पहिरोको जोखिमबाट बच्यो काराङ्गा गाउँ


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको खार्पुनाथ गाउँपालिका–२ काराङ्गा गाउँमा रहेको जोखिमपूर्ण चट्टान हिल्सा सिमकोट सडक योजनाको पहलमा फुटाइएको छ । बस्ती नै जोखिम भएपछि हिल्सा–सिमकोट सडक योजना र नेपाली सेनाको बहरा दल गुल्मको पहलमा चट्टान फुटाइएको हो ।

लगातार वर्षाले चट्टान खस्न सक्ने जोखिमबाट त्रसित यहाँका वासिन्दा ढुक्क भएका छन् । यहाँका २० घरधुरी ढुङ्गा खस्ने त्रासको उच्च जोखिममा रहेका थिए । वर्षासँगै भिरमा रहेको उक्त चट्टान खस्न थालेपछि सेनाको सहयोगमा पन्छाउने काम भएको योजना प्रमुख विसुनदास लामाले जानकारी दिए ।

जोखिमपूर्ण चट्टान फुटाइएपछि बस्ती सुरक्षित रहेको गुल्मपति सेनानी नरेशभक्त अधिकारीले बताए । सडक योजना, खार्पुनाथ प्रहरीचौकी र सेनाको टोलीको संयुक्त पहलमा चट्टान फोड्न सहज भएको उनको भनाइ छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १२ : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै