मध्यपहाडी राजमार्गमा ८६ पुल निर्माण सम्पन्न | Khabarhub Khabarhub

मध्यपहाडी राजमार्गमा ८६ पुल निर्माण सम्पन्न


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय गौरवको मध्यपाहाडी राजमार्गमा पर्ने ८६ पुलको निर्माण सम्पन्न भएको छ । डिजाइनअनुसार जम्मा १२९ पुल निर्माण गर्नुपर्नेमा कतिपय पुल निर्माणाधीन र कतिपय डिजाइनका चरणमा रहेको मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयल जनाएको छ ।

आगामी दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो राजमार्गमा अझै २१ पुलको ठेक्का सम्झाता हुन बाँकी रहेको निर्देशनालयका प्रमुख अर्जुन अर्यालले बताए । उनका अनुसार हालसम्म २२ पुल निर्माणाधीन छन् भने र २१ पुल ठेक्का हुन बाँकी छ । निर्माण शुरु हुन बाँकी पुलमध्ये अहिले सात पुलका ठेक्का भइसकको र चार वटा ठेक्का सम्झौताका लागि सूचना निकाल्ने चरणमा थियो ।

ती बाहेकका अरु पुलसमेत ठेक्का निकाल्ने क्रममा भए पनि निषेधाज्ञाका समयमा ठेक्का निकाल्न नपाइने सर्वोच्च अदालतको निर्णयका कारण अघि बढ्न नसकिएको उनले बताए । उनले भने, “दुईचार वटा पुलका ठेक्का निकाल्ने तयारी भए पनि कोभिड र निषेधाज्ञाको कारणले सकिएको छैन ।”

चालु आबमा सो आयाजनामा अहिलेसम्म तीन पुल मात्रै सम्पन्न भएको छ । त्योभन्दा धरै सङ्ख्यामा सम्पन्न गर्न लक्ष्य भएपनि विभिन्न समस्याका कारण लक्ष्यअनुसार नभएको उनले बताए । हाल निर्माणाधीन २२ पुलमध्ये सात सक्ने लक्ष्य भए पनि त्यसअनुसार प्रगति नभएको उनकाभनाइ छ । उनले भने, “अझै पनि मसान्तसम्ममा केही सङ्ख्या थपिनसक्छ ।”

मध्यपाहाडका विभिन्न जिल्लालाई जोड्ने सो राजमार्गलाई देशको मध्यपाहाडको विकासको आधारमा रूपमा सरकारले अघि बढाएको छ । पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग, हुलाकी राजमार्ग पछि पूर्वदेखि पश्चिम जोड्ने तेस्रो राजमार्गका रूपमा यो राजमार्ग रहेको छ । पाँचथर जिल्लाको चियो भञ्ज्याङबाट शुरु भएको बैतडीको झुलाघाटसम्म रहेको छ ।

राजमार्ग निर्माणसँगै नयाँ शहर विकास हुने अपेक्षा गरिएको छ । आव २०७९/८० सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनामा अझै कतिपय स्थानमा रेखाङ्कन परिवर्तन गर्नुपर्ने माग भइरहेको छ ।

पुल निर्माणका लागि दुईतीन वर्ष समय लाग्ने भएकाले लक्ष्यअनुसार समयम सम्पन्न गर्न बाँकी स्थानमा सडक र पुल निर्माणका लागि प्रक्रिया अघि बढाइनुपर्ने सडक विभागले बताउँदै आएको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  २ : ५५ बजे

जसपा विभाजित भएपछि राजकिशोरले भने, ‘सिरहाको गाउँमा छु, बल्ल थाहा भयो’

काठमाडौं– सत्तारूढ जनता समाजवादी पार्टी विभाजन भएको छ । पार्टी

गण्डकीका सभामुखलाई प्रदेशसभामै कांग्रेसको कालोझन्डा

पोखरा- गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धिताललाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले

गण्डकीमा सभामुखकाे मत जाेडेर मुख्यमन्त्रीले पाए विश्वास

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत पाएको

प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष बझाङ निर्वाचन क्षेत्र १

उपेन्द्रले मन्त्री बनाएका नवलकिशोर नै जसपा छाडेर नयाँ दलतिर

काठमाडौं- गत फागुन २१ गते बनेको नेकपा एमाले र नेकपा माओवादी