निधि, सिंह र कोइरालाबीच छलफल : केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने सहमति « Khabarhub

निधि, सिंह र कोइरालाबीच छलफल : केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने सहमति


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पार्टीको महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीचको छलफलले तीव्रता पाएको छ ।

मंगलबार सिंह निवास चाक्सीबारीमा तीन नेताबीच महाधिवशेन र सभापतिको उम्मेद्वारीका बिषयमा छलफल भएको हो । तोकिएको समयमा नै १४ औं महाधिवेशन सम्पन्न गराउने र क्रियाशील सदस्यताका साथै समायोजनाका विषयमा छलफल भएको नेता सिंहले बताए । उनले महाधिवेशनलाई लोकतान्त्रिक पद्धतिअनुसार अघि बढाउनका लागि प्रक्रिया पूरा गरेकालाई क्रियाशील सदस्यता दिनुपर्नेमा छलफल भएको बताए ।

अहिलेको अवस्थामा पार्टीलाई लोकतान्त्रिक पद्धतिअनुसार चलाउनका लागि शुक्रबार कोइराला निवासमा सबै केन्द्रीय सदस्यहरुसँग छलफल गर्ने सहमति भएको उनको भनाइ छ । यसअघिको महाधिवेशनमा सभापतिको उम्मेद्वार भएकासँग पनि छलफल गर्ने उनले जानकारी दिए ।

सिंह, कोइराला र निधि तीनै जना आगामी महाधिवेशनमार्फत् सभापति बन्न आकांक्षी छन् । निधि वर्तमान सभापति शेरबहादुर देउवानिकट मानिन् छन् भने सिंह र कोइराला संस्थापन इतरमा छन् । यसअघि पनि तीन नेताबीच लगातार छलफल भइरहेको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  २ : ५५ बजे

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन

कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा बराल र शर्मा मनोनीत

काठमाडौँ । कांग्रेसको ‘अन्य राजनीतिक दल संवाद समिति’मा दुई केन्द्रीय

प्रश्नपत्र ‘लिक’ प्रकरणमा पक्राउ परे कैलालीका सन्दीप सिंह

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा

गोरखाको नारीघाटमा महिलाको शव फेला

गोरखा । गोरखा नगरपालिका–१४ स्थित नारीघाटमा एक महिलाको बेवारिसे शव

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित

पर्सा – चिकित्सकमाथि कुटपिट भएको घटनाको विरोधमा यहाँस्थित नारायणी अस्पतालको