अमेरिकी–रुसी विदेशमन्त्रीबीचको भेटवार्ताको तयारी शुरु « Khabarhub

अमेरिकी–रुसी विदेशमन्त्रीबीचको भेटवार्ताको तयारी शुरु


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–रुसी तथा अमेरिकी विदेशमन्त्री बीचको वार्ताका लागि तयारी शुरु भएको छ । रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभ र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओबीच आगामी मे १४ का दिन कृष्ण सागरको तटमा रहेको रुसी शहर सोचीमा भेटवार्ता हुने जनाइएको छ ।

भेटवार्तामा उत्तर कोरियाबारे छलफल हुने रुसका उप विदेशमन्त्री इगोर मोरगुलोभले जनाएका छन् ।

यही विषयमा केही दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन संवाद भएको थियो ।

त्यसअघि उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले रुसको भ्रमण गरी रुसी राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका थिए ।

गत फेब्रुअरी महिनामा भियतनामको राजधानी हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच भएको दोश्रो शिखर वार्तापछि उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध एकाएक पछि धकेलिएपछि रुसी तथा अमेरिकी विदेशमन्त्रीबीच हुन लागेको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  १ : ४७ बजे

प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक

आयल निगमको तथ्याङ्क : ५ महिना यताकै सबैभन्दा बढी ग्यास आयात 

काठमाडौं– देशका विभिन्न स्थानमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्तामा