पार्टीलाई गलत ढंगले कब्जा गर्ने र सरकारलाई बदनाम गर्ने खेल भयो : प्रधानमन्त्री « Khabarhub

पार्टीलाई गलत ढंगले कब्जा गर्ने र सरकारलाई बदनाम गर्ने खेल भयो : प्रधानमन्त्री


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैबाट विरोधीसँगको साठगाँठमा सरकारलाई बदनाम गर्ने खेल भएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको आयोजक कमिटीको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीलाई गलत ढंगले कब्जा गर्ने र विरोधीसँगको साठगाँठबाट सरकारलाई बदनाम गर्ने खेल भएको बताएका हुन् ।

उनले विकासको काममा जुटेको प्रधानमन्त्रीको राजीनामा माग गरेपछि मुलुक अस्थिरतातर्फ जाने अवस्था पैदा भएको जिकिर गरे ।

ओलीले पार्टीभित्रको एकतालाई जोगाउन अधिकतम लचकता अपनाए पनि अर्को पक्षले त्यसलाई आफू अनुकुल प्रयोग मात्र गरेको तर्क गरे । एमाले राष्ट्र हाक्ने जिम्मेवारी बोकेको पार्टी भएकाले पार्टी भित्रको समस्यालाई राष्ट्रिय समस्याका रुपमा लिइएको उनले बताए ।

प्रधानमन्त्री ओलीले एमाले नेतृत्वको सरकारले अभूतपूर्व ढंगले विकास निर्माणका साथै शान्ति सुरक्षा तथा जनताका लागि काम गरेको तर गलत प्रचार हुँदा जनतामा निराशा छाउनु स्वभाविक भएको धारणा राखे ।

उनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरेर देखाएको र अन्य मुलुकसँगको सम्बन्ध सुमधुर बनाएको दाबी गरे ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ३ : २५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका