जर्मनीले बनायो ई–हाईवे, १० किमि सडकमा विद्युतीय ट्रकको परीक्षण « Khabarhub

जर्मनीले बनायो ई–हाईवे, १० किमि सडकमा विद्युतीय ट्रकको परीक्षण


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


एजेन्सी- वायु प्रदुषणलाई रोक्न विश्वका विकसित मुुलुकहरुले विभिन्न प्रयास गर्दै आएका छन् । वायु प्रदुषणलाई न्यूनिकरण गर्न इन्धनबाट चल्ने सवारीसाधनको सट्टा विद्युतीय गाडीको उत्पादन तथा प्रयोगमा जोड दिँइदै आइएको छ । विद्युतीय साना सवारीहरु प्रयोगमा आउँदै गर्दा जर्मनीले भने विद्युतीय ट्रक र त्यसैअनुसारको ‘ई–हाईवे’ बनाएको छ ।

जर्मनीले फ्रेंकफर्ट विमानस्थल र नजिकैको औद्योगिक पार्कबीचको दश किलोमिटर लामो विद्युतीय हाईवेको परीक्षण गरेको छ । विद्युतीय तारमार्फत ऊर्जा लिएर चल्ने विशेष किसिमले निर्माण गरिएको विद्युतीय ट्रक प्रतिघण्टा ९० किलोमिटरको गतिमा कुद्न सक्छ ।

जर्मन कम्पनी सिमेन्सले यो प्रविधिको विकास गरेको हो । कम्पनीकाअनुसार इन्धनमार्फत चल्ने ट्रक भन्दा विद्युतीय ट्रक कम ऊर्जा खपत गर्ने छ । हरेक वर्ष एक लाख किलोमिटर चल्दा सामान्य रुपमा इन्धनबाट चल्ने ट्रक भन्दा विद्युतीय ट्रकले ढुवानीमा १७ हजार पाउण्डसम्म बचत गर्नेछ ।

यसका साथै कार्बन डाईअक्साइड र नाइट्रोजन डाईअक्साइडको उत्सर्जनमा पनि कमी आउने कम्पनीको भनाइ छ । विद्युतीय प्रविधि जडान नभएको सडकमा भने यो ट्रकलाई इन्धनबाट पनि चलाउन सकिनेछ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  २ : ५६ बजे

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ