भिखारीको २ लाख ७६ हजार हराएपछि… « Khabarhub

भिखारीको २ लाख ७६ हजार हराएपछि…


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घर घरमा गएर माग्ने वा सडक किनार वा मन्दिरमा बाहिर बसेर अरुसंग सहायता मागेर आफ्नो दैनिकि चलाउनेलाई भिखारी वा मगन्ते भनिन्छ । आफ्नो आर्थिक अवस्था कमजोर भएपछि उनिहरु जीउनकालागि सहायताको भिख माग्दछन् । तर यसरी भिख माग्ने मानिस साढे २ लाख भन्दा बढि रकम हराएको उजुरी गर्न प्रहरी चौकिमा पुगे, अचम्भित को नहोला ? यस्तै भएको छ भारतको महाराष्ट्रमा ।

महाराष्ट्रको बीड, पर्लीको वैजनाथ मन्दिरमा बसेर दैनिक भिख माग्ने बाबूराव नायकवाडे नामक एक भिखारी आफ्नो ब्याग हराएको भन्दै प्रहरीमा उजुरी दिन पुगे । जब ब्याग भेटियो त्यसमा फेला परेको मोटो रकमले प्रहरी समेत चकित परे ।

बाबूराव, वैजनाथ मन्दिरमा हुदै आउने जानेसंग दैनिक भिख मागेर दैनिकि चलाउदै आएका थिए । उनी जे जति दानमा पाउथे सबै जम्मा गर्दै गए । तर उनले रकम जम्मा गर्दै गरेको ब्याग हरायो । जसका कारण उनको होसहवास उड्यो र खोजी गरीदिन सहायता माग्दै उनी प्रहरीकोमा पुगे ।

बाबूरावको उजुरी पछि शुरुमा पर्ली प्रहरीले भिखारीको ब्यागमा कति न रकम होला भनेर खोज्न आनाकानी गरे । तर बाबूरावको रोदन, उनको दयनिय अवस्था र कानुनत उजुरी आएपछि कर्तब्यको रुपमा प्रहरीले ब्यागको खोजी तिव्र पार्यो । अन्ततः करिब ३ घण्टाको खोजीपछि उनको ब्याग भेटियो । जसमा भारु १ लाख ७२ हजार २ सय ९० अर्थात २ लाख ७६ हजार ३ सय ४ रुपैयाँ फेला पर्यो ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ९ : १० बजे

बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने

एजेन्सी– बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने यहाँको निर्वाचन

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने

काठमाडौं– बेवारिसे बिरामीका लागि आवश्यक पर्ने रगत एवं रगतजन्य पदार्थको

नयाँ-पुराना सबै दल आन्तरिक कलहले बिरामी, जनतामा बढ्दैछ निराशा र आक्रोश

काठमाडौं- सत्ता र आन्तरिक शक्तिको संघर्षका कारण नेपालको राजनीति लामो