वाग्मती प्रदेशसभाको बैठकमा बजेटमाथिको छलफल शुरु « Khabarhub

वाग्मती प्रदेशसभाको बैठकमा बजेटमाथिको छलफल शुरु


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेटमाथि छलफल प्रारम्भ भएको छ ।

वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बैठकमा राजश्व आय–व्ययको वार्षिक बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव टेबुल गरे ।

बैठकमा सत्तापक्ष र प्रतिपक्षका गरी १२ जना प्रदेशसभाका सदस्यहरूले बजेटमाथि आ–आफ्ना धारणा राखेका थिए ।

सत्तापक्षका सदस्यले सरकारद्वारा प्रस्तुत सात प्राथमिकतामा तोकिएको बजेट स्वागतयोग्य रहेको भए पनि बाढीपहिरो प्रभावलाई कम गर्न थप बजेट विनियोजित गर्नुपर्ने सुझाव दिए । उनीहरुले केही दिनदेखिको बाढीपहिरोको प्रभावबाट सिन्धुपाल्चोक, चितवन, सिन्धुलीलगायत अन्य जिल्लामा भएको धनजनको क्षतिलाई मध्यनजर गरी प्रदेश सरकारले तत्काल जोखिम बस्तीलाई अन्यन्त्र स्थान्तरण गर्न र पीडितलाई राहत उपलब्ध गराउन माग गरे ।

उनीहरुले बजेटमा उल्लेखित विभिन्न प्राथमिकतामा तोकिएको भए पनि प्रदेशको विभिन्न जिल्लामा कृषि उत्पादनको लागि उन्नत बिउ, मलखाद्य समयभित्रै उपलब्ध गराउन प्रदेश सरकारले छुट्टै गृहकार्य गरेर सम्बन्धित निकायलाई ती सामग्री कृषकलाई उपलब्ध गराउन आग्रह गरे ।

प्रदेशको विभिन्न जिल्लामा राष्ट्रिय गौरवका आयोजनाको छनोट गर्दा स्थानीय भौगोलिक अवस्थालाई पनि ध्यान पुर्‍याउनुपर्ने र पर्यटन क्षेत्रको विस्तारलाई उच्च प्राथमिकतामा राख्नुपर्ने सुझाव वक्ताहरूको थियो ।

त्यस्तै प्रतिपक्ष दलका सदस्यले प्रदेश सरकारद्वारा प्रस्तुत वार्षिक कार्यक्रम चुनावी प्रचारमुखी भएको उल्लेख गर्दै वास्तविक गरिबीको रेखामुनी रहेका जनतालाई आयआर्जन गर्ने र उनीहरूका छोराछोरीलाई प्रत्यक्ष रोजगारीको अवसरबाट बञ्चित गरिएको भन्दै सच्याउनुपर्नेमा जोड दिए ।

निषेधाज्ञाका कारणबाट निजी यातायात व्यवसायले सवारीसाधन सञ्चालन गर्न नपाएको अवस्थामा सरकारले यथाशीघ्र कर असुली गर्ने भन्ने प्रावधान अब हटाउनुपर्ने र यातायात सञ्चालन भएको अवस्थामा मात्रै कर असुली गर्न आग्रह गरे ।

उक्त बैठकमा सत्तापक्षका प्रदेश सदस्यहरू सीता लामा, लोकनाथ दाहाल, इन्द्रमाया गुरुङ, सरस्वती बाटी, विजय सुवेदी, केशवप्रसाद खनाल र कृष्णप्रसाद भूर्तेलले आफ्ना धारणा राखेका थिए ।

वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक शुक्रबार दिनको १२ बजे बस्नेछ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  १० : ३० बजे

फिफा विश्वकप : पहिलो जितको खोजीमा रहेका स्पेन र साउदी भिड्दै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

लागुऔषध मुद्दाका फरार व्यक्ति शङ्खपार्कबाट पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध मुद्दाका फरार एक जनालाई पक्राउ

रास्वपाकै मञ्चबाट रवि बालेनमाथि प्रतिपक्षीको प्रश्नैप्रश्न

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनको भरतपुरमा स्थापनाको

सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

रौतहट – सशस्त्र प्रहरीबल नेपाल, रौतहट टोलीले स्थानीय दुर्गाभगवती गाउँपालिका–३