अमेरिकीद्वारा इरानविरुद्ध नयाँ नाकाबन्दीको घोषणा « Khabarhub

अमेरिकीद्वारा इरानविरुद्ध नयाँ नाकाबन्दीको घोषणा


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाले इरानविरुद्ध नयाँ नाकाबन्दीको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै इरानको औद्योगिक धातुको निर्यातलाई लक्षित गर्दै नयाँ नाकाबन्दीको घोषणा गरेका हुन् ।

अमेरिकाको नयाँ नाकाबन्दीले इरानका लागि आलुमुनियम, स्टिल, फलाम तथा तामाको खरिद, विक्री, आयात, निर्यात तथा पारवाहनलाई समेटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

औद्योगिक धातु इरानको पेट्रोलियम पछि सबैभन्दा धेरै निर्यात हुने सामग्री हो ।

अमेरिकाले नाकाबन्दीको घोषणा गर्नु केही घण्टा अघि इरानले सन् २०१५ मा भएको आणविक सम्झौताका केही बुँदाबाट पछि हट्ने घोषणा गर्दै युरेनियमको प्रशोधनलाई निरन्तरता दिने जनाएका थियो ।

पछिल्लो समय इरान र अमेरिकाबीचको सम्बन्ध निकै चिसिँदै गएको छ । केही समय अघिमात्र अमेरिकाले इरानका कारण मध्यपूर्वमा रहेका आफ्ना सुरक्षा फौज तथा आफ्ना साझेदारलाई खतरा पुग्नसक्ने भन्दै लडाकु विमानवाहक पानीजहाज तथा बम वर्षक विमानको एकाई परिचालन गर्ने घोषणा गरेको थियो ।

त्यसअघि अमेरिकाले इरानको सैन्य दस्ता रिभल्यूशनरी गार्ड कप्र्स आइआरजीसीलाई आतंककारीको समूहमा राख्दै उक्त समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ३ : ३५ बजे

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा

चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता

काठमाडौं- नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि पन्ध्रौँ महाधिवेशन तयारी

मेलम्ची आयोजनामा अवरोध हुन नदिन सांसद दुलालको माग

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनामा

ब्राजिलका राष्ट्रपतिले ट्रम्पलाई चुनावमा हस्तक्षेप नगर्न आग्रह गर्ने

एजेन्सी– ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई