भूमिहीन बादी समुदायलाई खाद्यान्न सहयोग | Khabarhub Khabarhub

भूमिहीन बादी समुदायलाई खाद्यान्न सहयोग


१७ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतस्थित झुप्रा खोला किनारमा बस्दै आएका भूमिहीन बादी समुदायलाई खाद्यान्न सहयोग गरिएको छ ।

विसं २०४५ देखि बस्दै आएका ती समुदायका ११६ सहित १४५ घरधुरीलाई ‘विलिभर्स ईस्टर्न चर्च कोहलपुर डायोसिस नेपाल’द्वारा खाद्यान्न सहयोग गरिएको हो । वडाध्यक्ष नन्दलाल शर्माले खोलाको किनारमा बस्दै आएको बादीलाई समुदायलाई ठूलो सहयोग भएको जनाए ।

करिब १२ किलोमिटर टाढाको विद्यालयमा जान बादी बालबालिकाहरुलाई समस्या भएकोले आगामी आवमा बस किन्न उनको भनाइ थियो ।

बादी समुदायमा रोग भन्दा भोकको समस्या अत्यधिक भएको अवस्थालाई बुझेर १४५ घरधुरीमा प्रति घरधुरी एक/एक बोरा चामल सहयोग गरिएको डायोसिस सेक्रेटरी ईश्वर लामाले जानकारी दिए ।

विलिभर्स चर्च सुर्खेतका अगुवा पूर्ण वर्देवाले वडा सरकारसँगको समन्वयमा गरिएको खाद्यान्न सहयोगबाट बादी तथा अन्य विपन्न नागरिकहरु लाभान्वित भएको बताए ।

प्रकाशित मिति : १७ असार २०७८, बिहीबार  ८ : २८ बजे

अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धनलाई तीव्र बनाउँदै पर्यटन बोर्ड

काठमाडौं– जेन-जी प्रदर्शनका कारण पर्यटन व्यवसायी केही निराश भए पनि

मीनबहादुरलाई साथ दिन पुगे चेम्बर अफ कमर्शका सदस्य

काठमाडौँ- जेन–जी आन्दोलनका क्रममा कम्तिमा १५ अर्बको क्षति व्यहोरेका व्यवसायी

सजाइयो शक्ति पीठहरू (तस्बिरहरू)

काठमाडौं– हिन्दुहरूको महान् चाड बडा दशैँको आगमनसँगै शक्ति पीठहरू झिलिमिली

सिंहदरबारमा घाइते जेन-जीको नाराबाजी र विरोध, प्रधानमन्त्री कार्यालय छिरे सुदन गुरूङ

काठमाडौँ- जेन-जी आन्दोलनका घाइतेहरूले अहिले दिनहुँजसो सिंहदरबार घेर्न थालेका छन्