सभापतिका प्रत्यासी बाहेकका नेतासँग छलफल गर्ने कांग्रेसका नेतात्रयको पूर्वनिर्धारित कार्यक्रम स्थगित « Khabarhub

सभापतिका प्रत्यासी बाहेकका नेतासँग छलफल गर्ने कांग्रेसका नेतात्रयको पूर्वनिर्धारित कार्यक्रम स्थगित


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १४ औं महाधिवेशनको तयारीमा रहेको कांग्रेसका नेता आन्तरिक छलफलमा व्यस्त छन् ।

आफू निकट तथा अन्य समूहका नेतासँगको छलफलमा नेताहरू जुटिरहेका बेला सभापतिका प्रत्यासी नेतात्रय विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहले पार्टीको १३ औं महाधिवेशनका सभापतिको प्रत्यासी बाहेकका नेताहरूसँग छलफल गर्ने पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेका छन् ।

कार्यव्यस्तताको कारण देखाउँदै शुक्रबारको कार्यक्रम स्थगित भएको जनाएका हुन् ।

नेता सिंहले भेला स्थगित गर्नको कारण जनाउँदै भनेका छन्, ‘क्रियाशील सदस्यता छानबिन समिति, पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्नु पर्ने भएकाले आजका लागि हामी तीन जनाले तय गरेको केन्द्रीय सदस्यहरूसँगको अनौपचारिक छलफल कार्यव्यस्तताका कारण स्थगित भएको जानकारी गराउँदछु ।’

कांग्रेस उपसभापति निधि, महामन्त्री डा. कोइराला र पूर्वमहानमन्त्री सिंहले आगामी भदौमा तय भएको १४ औं महाधिवेशनमा सभापतिमा दाबी गर्दै आएका छन् । उनीहरु तीनैजना आ–आफ्नो निवासमा पालैपालो संयुक्त बैठक पनि बस्दै आएका छन् । पछिल्लो पटक ठमेलको चाक्सीबारीस्थित सिंह निवासमा उनीहरुबीच महाधिवेशन केन्द्रित छलफल भएको थियो ।

सो बैठकले सो बैठकले क्रियाशील सदस्यता सम्बन्धी समस्याको तत्कालै विधि प्रक्रिया भित्र रहेर समाधान खोज्दै महाधिवेशन केन्द्रित हुने र असार १८ गते शुक्रबार पार्टीको १३ औं महाधिवेशनका सभापतिको प्रत्यासी बाहेकका नेताहरूसँग छलफल गर्ने तय गरेको थियो ।

निर्धारित मितिभित्र महाधिवेशन सम्पन गराउनुको विकल्प नभएकाले महाधिवेशनको वातावरण बनाउँदै आवश्यकता अनुसार भेटघाट र छलफलका क्रमहरुलाई निरन्तरता दिंदै जाने नेता सिंहको भनाइ छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ९ : ११ बजे

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको