साउथ अष्ट्रेलियाको बहुसांस्कृतिक आयोगको सदस्यमा नेपाली महिला नियुक्त « Khabarhub

साउथ अष्ट्रेलियाको बहुसांस्कृतिक आयोगको सदस्यमा नेपाली महिला नियुक्त


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउथ अष्ट्रेलियाको बहुसांस्कृतिक तथा जातजाति मामिला आयोगको सदस्यमा नेपाली चेली मञ्जु खड्का नियुक्त भएकी छन् ।

जुलाई १ तारिखमा साउथ अष्ट्रेलियन सरकारले जारी गरेको घोषणा अनुसार एडिलेडकी सामाजिक अभियन्ता खड्का आयोगको सदस्यमा नियुक्त भएकी हुन् । एक आयुक्त र १४ सदस्य रहने उक्त आयोगले राज्यको बहुसांस्कृतिक समाज र जातजातिका बारेमा प्रिमियर तथा प्रिमियरको सहायकमन्त्रीलाई प्रतिवेदन बुझाउने काम गर्दछ । यो आयोगले साउथ अष्ट्रेलिया राज्यका जातजातिको विविधतालाई प्रवर्द्धन गर्ने तथा बहुसांस्कृतिक समुदायका हकहित र मामिलाका बारेमा सरकार तथा अन्य सार्वजनिक निकायलाई सुझाव दिने काम गर्दछ ।

जुलाई १ तारिखदेखि नियुक्त भएका आयोगका पदाधिकारीहरुको कार्यकाल तीन वर्षको हुनेछ ।

आयोगको पदाधिकारीका लागि साउथ अष्ट्रेलियन सरकारले बहुसांस्कृतिक समुदायका मानिसहरुबाट खुला आवेदन माग गरेको थियो । आवेदकको पृष्ठभूमि, उनीहरुले समाजमा पुर्‍याएको योगदान तथा व्यक्तित्व मूल्यांकन गरेर सदस्यमा नियुक्त गरिएको हो ।

नेपाली समाजको प्रतिनिधित्व गर्दै आयोगमा नियुक्त हुन पाउँदा गर्व लागेको खड्काले प्रतिक्रिया दिएकी छन् ।

नारी निकुञ्ज साउथ अष्ट्रेलियाकी संयोजक समेत रहेकी खड्काले सामाजिक सेवामा आफूलाई समपर्ण गर्दै आएकी छन् । नेपालमा १५ वर्षसम्म विभिन्न सामाजिक संघसंस्थामार्फत महिला शसक्तिकरणमा जुटेकी खड्का अष्ट्रेलिया पुगेर समेत सामाजिक कार्यमा सक्रिय छिन् ।

एक छोराकी आमा खड्क पेशाले रजिष्टर्ड नर्सका रुपमा समेत कार्यरत छिन् ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १० : ५४ बजे

विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

काठमाडौं- सरकारले विद्युत् प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा आवश्यक

सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरुद्ध

किमाथाङ्का (सङ्खुवासभा)– सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि आएको पहिरोबाट

लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर- कोशी प्रदेश प्रहरीले लागूऔषधविरुद्धको महाअभियानअन्तर्गत आज पाँच जनालाई पक्राउ

निजी क्षेत्रले डेढ वर्षमै बनायो प्रसारण लाइन

काठमाडौं– नेपालमा पहिलो पटक निजी क्षेत्रले उच्च क्षमताको २२० केभी प्रसारण

मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व अवस्था, १७ जनाको मृत्यु

दमौली– तनहुँमा पछिल्लो दशकयता चितुवाको आक्रमण मानव–वन्यजन्तु द्वन्द्वको गम्भीर चुनौतीका