युवा बैंकर प्रवेश रिजालले पाए अमेरिकाको प्रतिष्ठित ‘जीसीआइएफ’ पुरस्कार « Khabarhub

युवा बैंकर प्रवेश रिजालले पाए अमेरिकाको प्रतिष्ठित ‘जीसीआइएफ’ पुरस्कार


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हाल अमेरिकामा कार्यरत नेपाली युवा बैंकर प्रवेश रिजालले अमेरिकाको प्रतिष्ठित ‘ग्लोबल कन्फरेन्स अन इन्स्योरेंस एण्ड फाइनान्स’ (जीसीआइएफ) पुरस्कार प्राप्त गरेका छन्।

मंगलबार अमेरिकाको लास भेगास शहरमा आयोजित एक समारोहमा उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो । जीसीआइएफले अमेरिकामा बीमा तथा वित्त क्षेत्रमा उल्लेख्य योगदान गरेका व्यक्तिहरुलाई सो पुरष्कार प्रदान गर्ने गरेको छ ।

“हामीले पुरस्कारको लागि छनोट गर्दा बीमा तथा वित्त क्षेत्रमा कुनै व्यक्ति वा कम्पनीले पारेको प्रभाव, नवप्रवर्तन, भविष्यको तयारी तथा बजारमा माग जस्ता मापदण्डको आधारमा मूल्यांकन गर्छौं । युवा ब्यांकर प्रवेश रिजाल ती सबै मापदण्डहरुमा उत्कृष्ट ठहरिएकाले यो वर्ष उनलाई यो पुरस्कारका लागि छनोट गरिएको हो,” जीसीआइएफले भनेको छ ।

अमेरिकाका सबैभन्दा ठूला ब्यांकहरुमध्ये एक सिटी ग्रुपमा वरिष्ठ उपाध्यक्षको रुपमा काम गरिसकेका प्रवेश अहिले नयाँ पुस्ताको एउटा ब्यांक, क्रस रिभरमा क्वान्टिटेटिभ स्ट्राटेजिज विभागको प्रमुखको रुपमा काम गरिरहेका छन् ।

“मेरो विभागको मुख्य काम भनेको वित्तीय प्रविधि सम्बन्धी (फिनटेक) कम्पनीहरुलाई पूँजी बजारसँग जोड्न मदत गर्नु हो,” रिजालले भनेका छन् ।

एउटा नेपाली बैंकमा सल्लाहकारको रुपमा पनि काम गरिसकेका प्रवेशले विश्व पूँजी बजारमा नेपाली कर्जाको व्यापार गर्ने दिन छिट्टै आओस् भन्ने आफूले चाहेको बताए । उनी अहिले नाइजेरियाको क्रेडिट डेटा मार्केट प्लेसको संचालक समिति सदस्यको रुपमा पनि काम गरिरहेका छन् ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ११ : ३४ बजे

गृहमन्त्री सुधनबारे रवि-बालेन गम्भीर, स्पष्टीकरणमा चित्त नबुझे हटाउने तयारी

काठमाडौं- गृहमन्त्री सुदन गुरुङबारे सार्वजनिक रूपमा प्रश्न उठेपछि पार्टी सभापति

गृहमन्त्रीको संकट गरिहिँदा बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं- गृहमन्त्री सुधन गुरूङ विवादमा परेसँगै प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को

हर्कले भने : गृहमन्त्री धेरै विवादमा परे, राजीनामा दिनु नै उचित हुन्छ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्रीले मार्गप्रशस्त गर्न

नैनसिंह महरको आरोप : सरकारले दुईतिहाइको दम्भ देखाएर जनताका समस्या भुल्यो

काठमाडौं- नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता वर्तमान राजनीतिक

राजीनामाको दबाबबीच रविलाई भेट्न बूढानीलकण्ठमा गृहमन्त्री सुधन

काठमाडौं- एकपछि अर्को विवादमा परेपछि राजीनामाको दबाबबीच गृहमन्त्री सुधन गुरूङ