‘मिष्टर भर्जिन’ निर्देशक विशारदको कोभिडका कारण निधन | Khabarhub Khabarhub

‘मिष्टर भर्जिन’ निर्देशक विशारदको कोभिडका कारण निधन


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोभिड–१९ को संक्रमणका कारण फिल्म निर्देशक तथा कलाकार विशारद बस्नेतको शुक्रबार निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत उनको ३९ वर्षको उमेरमा साँझ निधन भएको हो ।

भारतमा जन्मिएका विराशद नेपाली फिल्म ‘मिष्टर भर्जिन’का निर्देशक हुन् । उनले फिल्म ‘यता न उता’को सह–निर्देशन गरेका थिए । बस्नेत नेपाल फिल्म एन्ड टेलिभिजन एकेडेमीका क्रिएटिभ निर्देशक समेत थिए ।

काठमाडौंको मीनभवनस्थित एभरेष्ट फिल्म एकेडेमीमा अभिनय पढाउने विशारदले असिम शाह निर्देशित फिल्म ‘दुई रुपैयाँ’, सुब्रत आचार्य निर्देशित फिल्म ‘सुश्री सम्पत्ति’लगायतका फिल्ममा अभिनय गरेका थिए ।

विशारदले चार महिना अघि मात्र बुवा र हजुरआमा गुमाएका थिए । उनको शुक्रबार नै पशुपतिमा अन्तिम संस्कार गरिएको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ९ : २९ बजे

स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौं– बूढानीलकण्ठ नगरपालिकामा आज स्थानीय सरकारको सञ्चार नीतिसम्बन्धी ‘मेयरसँग पत्रकार

बढेन प्रदेशको बजेट, राजस्व परिचालनमा पनि कछुवाकै ताल

काठमाडौं– आइतबार सातै प्रदेशका सरकारले संघीयताको अभ्यासपछि आठौँ बजेट ल्याएका

विनियोजन विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाराबाजीका बीच ‘विनियोजन विधेयक

सुन-हिरामा लगाइएको करविरुद्ध व्यवसायीको आपत्ति, २५ लाख व्यक्ति प्रभावित हुने 

काठमाडौं– नेपाल रत्न तथा आभूषण सङ्घले सरकारले आर्थिक वर्ष २०८२/८३