दुई वर्ष मुनिका बच्चा छाडेर विदेश जान अनुमति नदिइने « Khabarhub

दुई वर्ष मुनिका बच्चा छाडेर विदेश जान अनुमति नदिइने


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।

यही असार ६ गते शुरु नगरसभा अन्तर्गत विभिन्न चरणमा बजेट, नीति तथा कार्यक्रम सहित महत्वपूर्ण प्रस्तावहरुमा छलफल गरी समापन गरिएको हो ।

नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि रु एक अर्ब २६ करोडको बजेट पारित गरेको छ । नीति तथा कार्यक्रम अन्तर्गत १४ वटा नगरका र १३ वटा लागत साझेदारी गौरवको योजना समेत पारित गरेको छ ।

नगरपालिकाले बच्चा दुई वर्ष नहुँदै आमा, बुवा, सासु आमा र ससुरालाई जिम्मा लगाएर विदेश जान महिलालाई अनुमति नदिनेसहित १७ बुँदे महत्वपूर्ण प्रस्ताब पारित गरेको छ ।

नगरसभाले वाल विवाह, सडक मानवमुक्त नगरपालिका घोषणा गर्ने, जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइ सराइ तोकिएको समय भित्र गरी पञ्जिकरणलाई व्यवस्थित गर्ने, नगर भित्र जग्गा प्लटिङ गरी घडेरी व्यवस्थापन गर्ने व्यक्ति वा संस्थाले नगरपालिकाबाट पूर्व अनुमती लिनु पर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै प्रस्तावहरुमा सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुले आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने, नगरसभाबाट पारित भएको बजेट शीर्षक र रकम सभाको अनुमतिमा मात्र शीर्षकान्तर गर्ने, पर्यटन प्रहरीको भवन निर्माण गर्न डेढ कठ्ठा जग्गा उपलब्ध गराउने प्रस्ताव पारित गरिएको नगरप्रमुख नारायण वनले जानकारी दिए ।

त्यसैगरी नगरपालिकाले पूर्वाधार निर्माण गर्दा भवनले चर्चेको जग्गा नगरपालिकाको नाममा ल्याउन प्रक्रिया शुरु गर्ने, नगरपालिकालाई आवश्यक ऐन, कानुन बनाई पछि अनुमोदन  गराउने गरी लागु गर्ने, आगामी आर्थिक वर्षको काम गर्न कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने, वालमैत्री नगरपालिका घोषणा गर्न बाँकी रहेका वडाको कार्य प्रारम्भ गर्ने, हेरफेर भएका करका दर स्वीकृत गर्ने निर्णय भएको छ ।

आगामी आर्थिक वर्षको आर्थिक विधेयक तथा विनियोजन विधेयक पारित गर्ने, कर्मचारीको तलवी प्रतिवेदन पास गरी तलव भत्ता खुवाउने, कर्मचारीको दरबन्दी पुनरावलोकन गर्ने, नियमित गर्नुपर्ने बेरुजु नियमित गर्ने लगायतका प्रस्ताव पारित गरिएको वनले बताए ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ७ : ४१ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय