बेनी अस्पतालमा इन्डोस्कोपी सेवा | Khabarhub Khabarhub

बेनी अस्पतालमा इन्डोस्कोपी सेवा


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको बेनी अस्पतालमा इन्डोस्कोपी सेवा सञ्चालनको तयारी अन्तिम अवस्थामा पुगेको छ ।

एकसाता भित्र सञ्चालनमा ल्याउने गरी आवश्यक उपकरणहरु जडान गर्न लागिएको अस्पताल विकास समितिले जनाएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ३० लाख रुपैयाँ बजेटबाट उपकरण खरिद गरी सेवा सञ्चालन गर्न लागिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । “यो सेवा म्याग्दीका लागि अतिनै आवश्यक हो”, उनले भने,“सेवा सञ्चालनमा आएपछि धेरै बिरामीले राहत महशुस गर्ने छन् ।”

निवर्तमान सांसद भुपेन्द्रबहादुर थापाको पहलमा धौलागिरि गाउँपालिकालाई विनियोजन गरेको उक्त बजेट गाउँपालिकाले अस्पतालमा इन्डोस्कोपी मेसिन खरिद गर्न सहयोग गरेको अध्यक्ष कटुवालले बताए ।

अस्पतालमै सेवा सञ्चालन भएपछि इन्डोस्कोपी सेवा लिन पोखरा जानुपर्ने बाध्यता हट्ने अध्यक्ष कटुवालले जानकारी दिए । “सवै उपकरणहरु आइपुगेका छन्”, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले भने, “एकहप्ता भित्र सेवा सञ्चालनको तयारी गरेका छौं । यो बेनी अस्पतालको नयाँ सेवा हो ।”

इन्डोस्कोपी सञ्चालनका लागि दक्ष जनशक्ति पनि भएकाले सेवा सञ्चालन गर्न कुनै कठिनाई नभएको उनले बताए । यस प्रविधिबाट अल्सर, क्यान्सर भएको समेत सहजै थाहा पाउन सकिन्छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ८ : १० बजे

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड कालोपत्र गरिँदै

बागलुङ– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको १३ किलोमिटर

च्याउखेतीबाट मासिक एक लाख बढी आम्दानी

धरान- सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी

पिएसजीमाथि म्युनिखको महत्त्वपूर्ण जित

काठमाडौं – यस अघिका दुई खेलमा अस्टनभिल्ला र बार्सिलोनासँग पराजित

च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित: लेवान्डोस्कीले पुर्याए १०० गोल

काठमाडौं – रोबर्ट लेवान्डोस्की च्याम्पियन्स लिगमा १०० गोल गर्ने तेस्रो

यी भूभागमा वर्षाको सम्भावना, काठमाडौंको तापक्रम घट्यो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल