राष्ट्रपति भण्डारी सर्वोच्चको चियापानमा सहभागी | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारी सर्वोच्चको चियापानमा सहभागी


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्या भण्डारी कानून दिवसको अवसर पारेर सर्वोच्च अदालतद्वारा आयोजित चियापान समारोहमा सहभागी भएकी छिन् ।

राष्ट्रपति भण्डारी कानून दिवसको अवसर पारेर बिहीबार रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमा आयोजित चियापान समारोहमा सहभागी भएकी हुन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सर्वोच्च अदालतका न्यायाधिशहरुलगायतको उपस्थिति रहेको थियो ।

समारोहलाई सम्बोधन गर्दै सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौंलाले न्याय सेवालाई अझै निष्पक्ष, छिटो छरितो, सर्वसुलभ र प्रभावकारी बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । उनले स्वतन्त्र न्यायालयलाई अक्षुण राख्न पनि कानुन दिवसले हौसला प्रदान गर्ने गरेको पनि बताए । मुख्य रजिष्ट्रार निरौंलाले कानून दिवसको अवसर पारेर आयोजित चियापान समारोहमासहभागी हुनु भएकोमा राष्ट्रपति भण्डारीप्रति आभार पनि व्यक्त गरे ।

सर्वोच्च अदालतले हरेक वर्ष वैशाख २६ गते कानून दिवसको अवसर पारेर चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । नेपालमा पहिलो पटक विक्रम संवत २००८ सालमा प्रधान न्यायालय ऐन जारी भएको थियो । त्यसमा २००९ साल बैशाख २६ गते तत्कालीन राजा त्रिभुवनले लालमोहर लगाएर कार्यान्वयनमा लगाएका थिए । सोही दिनको स्मरणमा हरेक बैशाख २६ गते कानुन दिवस मनाउने गरिन्छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ५ : ४६ बजे

सुनको मूल्य ५०० ले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० ले बढेको छ

फुल्दै गरेको स्याउका बोटमा वर्षाले असर

मुस्ताङ– फुल्दै गरेको स्याउको बोटमा वर्षाले असर गरेको छ ।

निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग

काठमाडौं– महिला सेवा संस्थाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई दोस्रो

रुखले च्यापिएर एकजनाको मृत्यु

बागमती– मकवानपुरको बागमती गाउँपालिका– ३ देउजोरमा रुखले च्यापिएर एक जनाको

सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि

पाल्पा- यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले आर्थिक वर्ष २०८१–८२ को