फरार प्रतिवादी १० वर्षपछि पक्राउ « Khabarhub

फरार प्रतिवादी १० वर्षपछि पक्राउ


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला अदालत सुर्खेतले २०६८ भदौ २८ गते ज्यान मार्ने उद्योगको मुद्दामा पाँच वर्ष कैदको फैसला सुनाइएका दुल्लु नगरपालिका–६ दैलेख छिउडी पुसाकोटका ३४ वर्षीय प्रदीप खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार वीरेन्द्रनगर बजारबाट पक्राउ गरी एन्टिजेन परीक्षणपश्चात् सुर्खेत जिल्ला अदालतमा बुझाइएको जिप्रका सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

त्यस्तै जिल्ला अदालत सुर्खेतको २०७६ पुस २ गतेको फैसलाले नौ वर्ष दुई महिना १३ दिन कैदसहित रु २५ हजार जरिवानाको फैसला गरिएका मानव बेचविखन ओसारपसार मुद्दाका फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेतका ४० वर्षीय भीमप्रसाद न्यौपानेलाई पनि पक्राउ गरी अदालतमा बुझाइएको प्रहरी उपरीक्षक विष्टले बताए ।

त्यसैगरी चेक अनादर मुद्दामा अदालतले २०७७ असार १० गते रु ४२ हजार ५०० जरिवाना हुने गरी फैसला सुनाइएका फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत कालागाउँका ४६ वर्षीय धर्मराज गिरीलाई समेत पक्राउ गरी अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  २ : १५ बजे

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित

राप्रपाको नवलपरासी जिल्ला अध्यक्षमा रामभवन यादव, नागार्जुनमा महेश रिमाल

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला

देउवा समूहको सम्मेलन : ५ प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा भएको राष्ट्रिय भेलाबाट

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : पाँच प्रतिवेदन पारित, महाधिवेशनको जिम्मा शशांकलाई

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय

गृह जिल्ला पुगेका ओलीले भने- नेतृत्व फेर्ने होइन, पार्टी जागरण गराउने हो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्ला झापा