‘पार्टी विरोधी काम गर्ने तथा बोल्नेहरू एमाले हुन सक्दैनन्’ (भिडियोसहित) « Khabarhub

‘पार्टी विरोधी काम गर्ने तथा बोल्नेहरू एमाले हुन सक्दैनन्’ (भिडियोसहित)


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनबारे अदालतबाट फैसला आउने बेलासम्म कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता नलिए माधव नेपाल पक्षका नेताहरू एमाले हुन नसक्ने बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी एमालेको केन्द्रीय कमिटिको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतको फैसलाअघि हस्ताक्षर फिर्ता नलिए हस्ताक्षर गर्नेहरू पार्टीका नेता हुन नसक्ने जिकिर गरे । उनले भने, ‘मुद्दाको फैसला हुँदासम्म नेकपा एमाले ढाल्ने प्रतिपक्षको नेतृत्वमा वैकल्पिक सरकार बनाउन ज–जसको हस्ताक्षर कायम रहन्छ ती पार्टीका कार्यकर्ता हैनन् । त्यसले नै कित्ताकाट गरिसक्यो नि । भ्रम पाल्न आवश्यक छैन ।’

अध्यक्ष ओलीले आफू अहिले पनि पार्टी एकताको पक्षमा रहेको र एकताका लागि आह्वान गरिरहेको समेत बताए । उनले भने, ‘हामी अहिले पनि एकताको पक्षमा छौँ । एकताका लागि आह्वान गरिरहेका छौँ । कुरा गरिरहेका छौँ ।’

अध्यक्ष ओलीले पार्टीको पक्षमा बोलिरहेका व्यक्ति मात्रै पार्टीको नेता हुने समेत बताए । उनले पार्टीको विरोधमा काम गर्नेहरू एमालेका नेता तथा कार्यकर्ता हुन नसक्ने बताए ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ६ : ०३ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट