प्रतिनिधिसभा विघटन प्रकरण : आज सभामुख तर्फबाट कानून व्यवसायीले बहस गर्दै « Khabarhub

प्रतिनिधिसभा विघटन प्रकरण : आज सभामुख तर्फबाट कानून व्यवसायीले बहस गर्दै


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा आज सभामुख अग्निप्रसाद सापकोटा पक्षका अधिवक्ताको बहस हुने भएको छ ।

सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दै छन् ।

उनीहरूका लागि दुई घण्टा समय तोकिएको छ । सभामुखका तर्फबाट बहस सकेर आजै निवेदकको जवाफी बहस गर्ने तयारी छ ।

गत असार ९ गते शुरू भएको सुनुवाइमा यसअघि राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट सरकारी र निजी गरी ३२ जना अधिवक्ताले बहस गरेका छन् । उनीहरूले १४ घण्टा बहस गरेका छन् ।

सुनुवाइको शुरूवातमा निवेदक पक्ष (विपक्षी गठबन्धन)का तर्फबाट ३६ कानुन व्यवसायीले १२ घण्टा बहस गरेका थिए । उनीहरुले बहुमत सांसद पक्षमा रहेको जिकिर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गरेका छन् । जवाफी बहसका लागि उनीहरूलाई ३ घण्टा समय दिइएको छ ।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमणकुमार श्रेष्ठ, बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्ने तय भएको छ । सोमबार एमिकस क्युरीले २ घण्टा राय दिएपछि यो मुद्दाको फैसला आउनेछ ।

नयाँ सरकार बन्ने विकल्प हुँदाहुँदै मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको भन्दै सर्वोच्च अदालतमा ३० वटा रिट निवेदन दर्ता भएका छन् । ती रिट निवेदनमध्ये ४ वटामा ओलीलाई प्रधानमन्त्री नियुक्ति गरिनुपर्ने माग गरिएको छ भने २६ वटामा आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाइनुपर्ने माग गरिएको छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ८ : ४० बजे

भुक्तानी माग्दै लुम्बिनीका निर्माण व्यवसायी सडकमा, आन्दोलनको चेतावनी

लुम्बिनी- लुम्बिनी प्रदेशका निर्माण व्यवसायीहरूले सम्पन्न भइसकेका विकास आयोजनाहरूको भुक्तानी

लिबियामा अनियमित आप्रवासीको उद्धार

काठमाडौं- लिबियको तटबाट अनियमित आप्रवासी बोकेका १० वटा डुङ्गा सहित

नागरिकको सेवामा खटिनु हाम्रो दायित्व हो : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको सेवामा खटिनु

मुलुकभर तापक्रम बढेपछि सतर्कता अपनाउन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मुलुकभर

आईसीसी विश्वकप लिग–२ मा शतप्रतिशत जितको खोजीमा नेपाल

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग-२ मा शीर्ष छ स्थानभित्र पुग्न