त्रिवि शिक्षण अस्पतालमा आजदेखि पोष्ट कोभिडको उपचार सेवा « Khabarhub

त्रिवि शिक्षण अस्पतालमा आजदेखि पोष्ट कोभिडको उपचार सेवा


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले आजदेखि हरेक आइतबार पोष्ट कोभिडको उपचार सेवा सञ्चालन गरेको छ ।

अस्पतालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पातलको पल्मोनोलोजी ओपीडीमा हरेक आइतबार अपराह्न २ बजे पोष्ट कोभिड उपचार सेवा सञ्चालन हुने जनाएको हो ।

नेपालमा दोस्रो लहरपछि निको भएका धेरै बिरामीहरुमा जीउ दुख्ने, छिटो थकान लाग्ने, निन्द्रा नलाग्ने, रक्तचाप बढ्ने, श्वासप्रश्वास बढ्ने, डिप्रेसनदेखि म्युकरमाइकोसिस लगायतका समस्या देखा परेका छन् ।

यो अवस्थालाई दृष्टिगत गरी कोभिड – १९ संक्रमणबाट निको भएपछि स्वास्थ्यमा देखिएका समस्यालाई मध्यनजर गर्दै यो सेवा सञ्चालन गरिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ३ : २५ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार