प्रधानमन्त्रीले विदेशी हस्तक्षेपलाई आमन्त्रण गरेर राष्ट्रियता नै संकटमा पार्नुभयो : नारायणकाजी श्रेष्ठ « Khabarhub

प्रधानमन्त्रीले विदेशी हस्तक्षेपलाई आमन्त्रण गरेर राष्ट्रियता नै संकटमा पार्नुभयो : नारायणकाजी श्रेष्ठ


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता नै संकटमा पारेको आरोप लगाएका छन् ।

राष्ट्रियसभा बैठकमा विषेश समयमा बोल्दै नेता श्रेष्ठले विदेशी हस्तक्षेपलाई निम्तो दिएर प्रधानमन्त्रीले त्यसकै आड्मा राष्ट्रिय स्वाधिनता संकटमा पारेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत लिप्साले विदेशी हस्तक्षेप आमन्त्रण गर्ने स्थानमा लैजानुभयो । विदेशीसँगको मिलिभगतमा संविधान र लोकतन्त्रमाथि आक्रमण गरिहनुभएको छ । उहाँले राष्ट्रिय स्वाधिनतामाथि गम्भीर धोकाधडी गर्नुभयो । राष्ट्रिय आत्म समर्पणवादतर्फ जानुभयो । यो क्षम्य हुन सक्दैन ।’

नेता श्रेष्ठले प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सहयोगका साथमा एकपछि अर्को प्रतिगामी कदम चाल्दै प्रतिगमनतर्फ लगेका कारण अहिले अग्रगमन र प्रतिगमनका बीचमा द्वन्द्वको अवस्थामा पुगेको समेत बताए ।
राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्न खोजिएको भन्दै त्यसो नगर्न समेत उनले सुझाव दिए । राष्ट्रियताको रक्षा गर्नुपर्ने सरकारले संविधान उल्लंघन गरेको समेत दाबी गरे । उनले भने, ‘उहाँले संविधानको नांगो उल्लंघन गर्नुभयो । लोकतन्त्रको धज्जी उडाउनुभयो । अध्यादेशमार्फत् मुलुक चलाएर निरंकुशतातर्फ जानुभयो । भ्रष्टाचारको दलदलमा राख्नुभयो । देशलाई बर्वाद गर्न चाहनुभयो । लोकतन्त्रलाई ध्वंश पार्नतर्फ जानुभयो ।’

नेता श्रेष्ठले संविधानको धारा ७६(५) को व्यवस्थाअनुसार सांसदहरू स्वतन्त्र हुने र संसद जोगाउनका लागि संविधानमा त्यस्तो व्यवस्था राखिएको समेत दाबी गरे ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  २ : ४२ बजे

रवीलाई जोगाउने रास्वपाको योजना : सहकारीको बचत हिनामिना गर्नेलाई ‘थुनेर होइन सुनेर’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) ले सहकारीका बचतकर्ताको रकम फिर्ता

इजरायली दमन र प्रतिबन्धका बावजुद ईशा अल–अक्सामा ६० हजार मानिसहरू भेला

एजेन्सी– इजरायली दमन र कडा प्रतिवन्धका बावजुद अल–अक्सा मस्जिद र

दलगत ट्रेड युनियन खारेज गर्छौं : रास्वपा 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलगत ट्रेड युनियन खारेज गर्ने

तलब खाएर राजनीतिक दलप्रति निष्ठा राख्नु अनैतिक र दण्डनीय हो : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी घोषणापत्रमा जनताको करबाट तलब

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही– सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते