बैंकिङ कसुरमा निर्देशक शिशिर पक्राउ « Khabarhub

बैंकिङ कसुरमा निर्देशक शिशिर पक्राउ


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकिङ कसुर मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोलीले कलाकार, निर्माता तथा निर्देशक शिशिर शमशेर राणालाई पक्राउ गरेको छ । टोलीले राणालाई काठमाडौंको बिजुलीबजारबाट पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले २०७७ माघ २६ मा बैंकिङ कसुर मुद्दामा ४५ लाख जरिवाना र १० दिनको कैद सजाय सुनाएको थियो । सीआईबीका अनुसार राणाले ललितपुरकै एक व्यक्तिबाट घर व्यवहार चलाउने भन्दै ४५ लाख ऋण लिएका थिए ।

ऋण तिर्ने बेलामा रकम पर्याप्त नभएको नबिल बैंकको चेक दिएपछि राणामाथि बैंकिङ कसुरको उजुरी परेको थियो ।

प्रोडक्सन म्यानेजरका रुपमा फिल्ममा आएका राणाले ‘अन्दाज’, ‘वडा नम्बर छ’, ‘क्लासिक’, ‘रामकहानी’, ‘पोई पर्‍यो काले’ लगायत फिल्ममा अभिनय गरेका छन् । उनी फिल्म ‘तिमी सँग’ र ‘पोई पर्‍यो काले’का निर्देशकसमेत हुन् । उनले फिल्म ‘माला’मा लगानी नै गरेका छन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ६ : २० बजे

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो