१ रुपैयाँ हराउँदा महात्मा गान्धी बनेका थिए धेरै चिन्तित « Khabarhub

१ रुपैयाँ हराउँदा महात्मा गान्धी बनेका थिए धेरै चिन्तित


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गान्धी आफ्नो भाषण सकेपछि गरिबका लागि चन्दा उठाउँथे । चन्दबाट उठेको सम्पत्तिलाई उनले देशको सम्पत्ति मान्थे । त्यसैले त्यसलाई सम्हालेर लान्थे ।

एक दिन चन्दाको एक रुपैयाँ भुइँमा खस्यो । यदि उनले चाहेको भए त्यो एक रुपैयाँ त्यहीँ छोडिदिन सक्थे, तर उनले भुइँमा खोज्न थाले ।

भीडमा मान्छेहरु उनलाई पैसा दिन हतारिइरहेका थिए । उनी भने चिन्तित भएर पैसा खोजिरहेका थिए । उनलाई एक रुपैयाँको लागि चिन्तित देखेर मानिसहरुले भने, तपाईं किन यति चिन्तित भइरहनुभएको ? हामीले यसको क्षतिपूर्ति गरिदिने छौँ ।

उनले त्यो पैसा खोजिरहे र भने— तपाईंहरुले दिन दुःखीहरुको पैसा दिनुभयो त्यो अलग कुरा हो, तर दानको पैसा जनताको सम्पत्ति हो । त्यसलाई कोषमा जम्मा गराउनु मेरो राष्ट्रिय कर्तव्य हो ।

उनको जवाफ सुनेर अरुले पनि पैसा खोज्नमा सहयोग गरे र अन्ततः पैसा भेट्टाएर मात्र उनले सन्तुष्टिको सास फेरे ।

साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  १२ : २५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा