एन्टिबायोटिक गलत प्रयोगले ब्याक्टेरियाको शक्ति बढ्दै, के गर्ने ? « Khabarhub

एन्टिबायोटिक गलत प्रयोगले ब्याक्टेरियाको शक्ति बढ्दै, के गर्ने ?


२७ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालमा एन्टिबायोटिक चिकित्सकको सिफारिस विना प्रयोग गर्न नपाइने नियम छ तर एन्टिबायोटिकको प्रयोग जथाभावी रुपमा बढ्दै गएको छ ।

एन्टिबायोटिकले मानिस वा पशुपंक्षीको शरीरमा अनावश्यक वृद्धि हुने ब्याक्टेरियालाई मारेर संक्रमण हुनबाट बचाउँछ । ब्याक्टेरिया अनुसार एन्टिबायोटिक औषधिको प्रयोग गरी मानिस तथा पसुपंक्षीको उपचार हुन्छ ।

एन्टिबायोटिकको गलत प्रयोगले ब्याक्टेरियाहरुले एन्टिबायोटिकसँग लड्ने क्षमता विकास गर्दैछन् । ब्याक्टेरियाहरुले एन्टिबायोटिक औषधिको प्रभाव नहुने गरी आफूलाई विकास गर्न सक्षम हुन्छ । एन्टिबायोटिकले काम गर्न नसक्ने अवस्था आएमा संक्रमण रोगबाट धेरै मानिसको ज्यान जानसक्छ ।

किन गर्देन एन्टिबायोटिकले काम ?

–अत्याधिक वा खानु पर्ने भन्दा बढी औषधि सेवन गरेमा,

–कम वा खानुपर्ने भन्दा कम औषधि सेवन गरेमा,

–एन्टिबायोकि औषधि जथावावी खानएमा–

–चिकित्सकले तोकेको समय र मात्रामा नआएमा,

–म्याद गुज्रेको औषधि खाएमा

एन्टिबायोगिकको गलत प्रयोगले ब्याक्टेरियाको प्रतिरोधात्मक क्षमता बढाउँछ । जसले गर्दा ब्याक्टेरियाहरु शक्तीशाली भई एन्टिबायोटिक औषधिलाई निष्क्रिय बनाउँछ । बिरामी हुँदा मानिसले खाने औषधिले काम गर्दैन ।

एन्टिबायोटिकको सहि प्रयोग कसरी गर्ने ?

–चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना एन्टिबायोटिकको प्रयोग गर्ने ।

–गर्भवती महिला तथा स्तनपान गराइरहेकी महिलाले चिकित्सकको सिफारिस विना एन्टिबायोटिकको खानु हुँदैन ।

–भाइरसबाट हुने रुघाकोकी लगायतका साधारण रोगमा एन्टिबायोटिक प्रयोग गर्नु हुँदैन ।

–रोग निको भएपनि चिकित्सकले सिफरिस गरेको एन्टिबायोटिक पुरा मात्रामा खानुपर्छ ।

–एकपटक प्रयोग भएर बाँकी रहेको एन्टिबायोटिक अर्को पटक बिरामी हुँदा प्रयोग गर्नु हुँदैन ।

प्रकाशित मिति : २७ बैशाख २०७६, शुक्रबार  ११ : ३९ बजे

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै