अभिनेत्री जेनीको अन्त्येष्टि « Khabarhub

अभिनेत्री जेनीको अन्त्येष्टि


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको थापागाउँस्थित सनराइज अपार्टमेन्टमा बिहीबार बेलुका आत्महत्या गरेकी निर्मात्री तथा अभिनेत्री जेनी कुँवरको शुक्रबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

अन्त्येष्टि अघि नेपाल चलचित्र कलाकार संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । सभामा कलाकार, प्राविधिक, निर्माता, निर्देशकले जेनीप्रति अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

जेनीले ‘घायल’ र ‘हलचल’ फिल्म निर्माण गरेकी छन् । उनले ‘घायल’, ‘हलचल’, ‘मिस्टर डन’लगायतका फिल्ममा अभिनय गरेकी छन् ।

जेनीको श्रीमान र दुई छोरी छन् । दुवै छोरी अमेरिका र अष्ट्रेलियामा छन् । एक वर्षअघिदेखि डिप्रेसनमा रहेकी उनी केही वर्षयता अध्यात्ममा पनि लागेकी थिइन् ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ४ : ०० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना