निषेधाज्ञा खुकुलो भएसँगै झापामा बढ्न थाले संक्रमित « Khabarhub

निषेधाज्ञा खुकुलो भएसँगै झापामा बढ्न थाले संक्रमित


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– निषेधाज्ञा खुकुलो गरिएसँगै झापामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

जिल्लामा दैनिक जसो एक सय बढी कोरोना संक्रमित थपिदै गएका छन् । निषेधाज्ञा खुकुलो गरिएयता यताको तथ्यांकले कोरोना संक्रमण र मृत्यु दर बढेको देखाएको हो ।

असार १४ गतेयता जिल्ला प्रशासन कार्यालयले पसल, बजार र यातायात सञ्चालनमा अनुमति दिएपछि बजारमा मानिसको भीडभाड बढ्न थालेको छ । जसका कारण कोरोना संक्रमितको संख्या पनि बढ्दो दरमा पाइएको छ ।

असार १४ देखि २४ गतेसम्मको तथ्याँकलाई जोड्ने हो भने झापामा कोरोना संक्रमणबाट ११ दिनमा २६ जनाको मृत्यु भएको छ ।

त्यस्तै १ हजार ७२४ जना संक्रमित थपिएका छन् । पछिल्लो आँकडा हेर्ने हो भने संक्रमितको प्रत्येक दिन मृत्यु हुने गरेको छ भने संक्रमितहरुको संख्या पनि बढ्दो देखिएको छ ।

असार १४ गते २ जनाको मृत्यु भएको थियो भने १८६ संक्रमित थपिएका थिए । यसैगरी १५ गते ३ जनाको मृत्यु हुँदा १४९ संक्रमित थपिए । १६ गते ५ मृत्यु र १७७ संक्रमित,१७ गते १७८ संक्रमित, १८ गते १ जनाको मृत्यु  र ११८ संक्रमित , १९ गते १ जनाको मृत्यु ५१ संक्रमित, २० गते २ जनाको मृत्यु र १३२ संक्रमित, २१ गते २ जनाको मृत्यु २२९ संक्रमित ,२२ गते ३ मृत्यु ११७ संक्रमित , २३ गते ४ मृत्यु २५५ संक्रमित र असार २४ गते ३ मृत्यु १३२ जना संक्रमित थपिएका थिए ।

यसैगरी आज झापमा शुक्रबार १६२ जनामा कोरोना पुष्टि भएको छ ।

यसैबीच कोरोना संक्रमणबाट झापामा हालसम्म ३७२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै १७ हजार ३४० जना संक्रमित भएका छन् ।

त्यसमध्ये हाल २ हजार २६६ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये १२ हजार ८४८ जना निको भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

झापामा सक्रिय संक्रमितको संख्या हाल २ हजार २६६ रहेको छ । हाल उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका साथै चितवन, रसुवा, कास्की, सुनसरी, मोरङ जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ९ : १५ बजे

निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो

काठमाडौं– प्रसिद्ध नेपाली पर्वतारोही मिङ्मा जीको नेतृत्वमा रहेको उद्धार टोलीले

रूस–युक्रेन द्वन्द्व : बालबालिकामाथिको आक्रमण रोक्न युनिसेफको आह्वान

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले रूस र युक्रेनमा

राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँ : महासचिव पोखरेल

दाङ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकको विकास

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका गुनासा, समस्या तथा

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरुद्ध

काठमाडौं– सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण र