डा. रेग्मी विज्ञान तथा प्रविधि युवा पुरस्कारबाट सम्मानित « Khabarhub

डा. रेग्मी विज्ञान तथा प्रविधि युवा पुरस्कारबाट सम्मानित


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डा. सागर रेग्मी विज्ञान तथा प्रविधि युवा पुरस्कारबाट सम्मानित भएका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार विसं २०७७ का लागि डा रेग्मीसहितका १७ जनालाई पुरस्कार प्रदान गरेको हो ।

बालुवाटारमा नास्टद्वारा आयोजित पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई पुरस्कृत गरेका हुन् ।

रेग्मीलाई माइक्रोफ्लुइडिक प्रणाली आविष्कारका लागि यो पुरस्कारबाट सम्मानित गरिएको हो । जसले क्यान्सरयुक्त रक्त कोषहरू हटाउन मद्दत गर्दछ । पुरस्कार स्वरुप डा. रेग्मीले ७५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

४० वर्षभन्दा कम उमेरका देशका युवा वैज्ञानिकहरूलाई उनीहरूले अध्ययनको क्षेत्रमा गरेको प्रयास र समर्पणको सम्मान स्वरूप प्रत्येक वर्ष यो पुरस्कार दिने गरिन्छ।

रेग्मीले सन् २०१९ मा सिंगापुरको नान्याङ टेक्नोलोजी विश्वविद्यालय (एनटीयु) बाट पीएचडी डीग्री गरेका थिए । एनटीयु विश्वका शीर्ष १५ विश्वविद्यालयमध्येको एकमा पर्दछ ।

एनटीयु सन् २०१५ देखि अप्रिल २०२१ सम्म क्यूएस वर्ल्ड युनिभर्सिटीको वरीयतामा कान्छो विश्वविद्यालहरूको पहिलो स्थानमा रहेको थियो ।

डा. रेग्मीले २०११ र २०१३ मा भारतको पुणे विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर पूरा गरेका थिए ।

उनले पुणेको विश्वविद्यालयबाट स्नातक अध्ययन गर्न काठमाडौँस्थित भारतीय दूतावासबाट जेनेरल कल्चरल स्कोलारशिप स्किम (जीसीएसएस) प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ८ : ३० बजे

डिजिटल अद्यावधिक स्वीकार्दै देउवा समूहले दियो उपसभापति शर्माको सातबुँदे प्रस्तावमा जवाफ

काठमाडौं– कांग्रेसको आन्तरिक विवाद समाधानार्थ इतर समूहले उपसभापति विश्वप्रकाश शर्माले

नारायण दाहालले भने- लामो संघर्ष र योगदानबाट बनेको संविधानको भविष्यमाथि नै प्रश्न उठ्न थाल्यो

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहालले लामो संघर्ष र योगदानबाट

विद्यालयबाट हराएकी ६ वर्षीया बालिका मृत भेटिइन्

कैलाली- कैलालीमा विद्यालयबाट हराएकी ६ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी

पलाउमा आप्रवासी निर्वासन सुरु, ट्रम्प प्रशासनको नयाँ कदम

सिड्नी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासन नीतिमा कडाइ गर्दै उष्णकटिबन्धीय

रुखमा अड्किएको बम जसले सम्झाउँछ माओकालीन चिनियाँ क्रान्ति 

चियाङ्सी– विश्वकै धेरै सदस्य भएको चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार १०५