कतार प्रवेशका लागि संशोधित मापदण्ड भोलिदेखि लागू हुँदै, यस्तो छ नयाँ नियम « Khabarhub

कतार प्रवेशका लागि संशोधित मापदण्ड भोलिदेखि लागू हुँदै, यस्तो छ नयाँ नियम


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कतार सरकारले कतार प्रवेश गर्नेहरूका लागि जारी गरेको मापदण्डमा संशोधन गर्दै कोरोना खोपको दुबै डोज लगाएकाहरूले क्वारेन्टाइनमा बस्न नपर्ने जनाएको छ ।

कतार जाने नेपालीहरूका लागि दोहास्थित नेपाली दूतावासले आज एक सूचना जारी गर्दै कतारले संशोधन गरेको मापदण्ड भोलिदेखि लागू हुने र कोरोना खोपको दुवै डोज लगाएकाहरूले क्वारेन्टाइन बस्नु नपर्ने जनाएको हो ।

कतारमा कोरोनाको दुवै डोज लगाई खोपको प्रमाणपत्र प्राप्त गरेका तथा कतारमा मान्यता दिएका फाइजर बायोन्टेक, मोडर्ना, एस्ट्राजेनिका र जोनसेन एण्ड जोनसेन खोपको मात्रा पूरा गरी प्रमाणपत्र लिएकाहरुले क्वारेन्टिन बस्नु नपर्ने जनाइएको छ ।

साथै यी खोपको मात्रा पूरा गरी प्रमाणपत्र लिएका व्यक्तिलाई पारिवारिक भ्रमण, व्यवसाय तथा पर्यटन भिसा समेत जारी गर्न सकिने राजदूतावासले जनाएको छ ।

यस्तै हरेक यात्रुले नेपालमा तोकिएका स्वास्थ्य संस्थाबाट जारी भएको ७२ घण्टाभित्रको कोभिड १९ को पीसीआर रिपोर्ट नेगेटिभ लिएर मात्र यात्रा गर्न पाउनेछन् ।

त्यस्तै यात्रा गर्नुअघि ७२ घण्टादेखि कम्तीमा १२ घण्टाअघि अनिवार्य रुपमा एहतराज वेबसाइटमा अनलाइनबाट प्रि रजिस्ट्रेशन गरेर आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने यात्राको अनुमति प्रिन्ट गरी साथमा लिएर जानु पर्नेछ ।

कतारमा कोभिड १९ संक्रमण भइ निको भएका १२ महिनाभित्र यात्रा गर्ने यात्रुले पनि क्वारेन्टिन बस्नु नपर्ने संशोधित मापदण्डमा उल्लेख छ । यो मापदण्ड भोलिबाट लागू हुनेछ ।

 

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ३ : २३ बजे

सरकारले विरोधीको आवाज थुन्न प्रतिशोध साँध्यो : किशोर श्रेष्ठ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले

रिहा भए पत्रकार किशोर श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं – सर्वोच्च अदालतको परमादेशपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सोमबार

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोली

काठमाडौं – राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

हिरासतबाट छुटेपछि श्रेष्ठले भने : नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ

काठमाडौं – अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन्।

हिरासतबाट छुटे किशोर श्रेष्ठ, फेरि धरपकडको सम्भावना कायमै

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट