मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनद्वारा थप आन्दोलनको घोषणा « Khabarhub

मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनद्वारा थप आन्दोलनको घोषणा


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता नभएको भन्दै विपक्षीगठबन्धन निकट विद्यार्थी संगठनले थप आन्दोलनको घोषणा गरेको छ ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विपक्षी विद्यार्थी गठबन्धनले मूल्य बृद्धि फिर्ता गर्नका लागि ७२ घण्टे अल्टिमेटम दिदाँ पनि आयल निगमले सुनुवाइ नगरेको भन्दै थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

संगठनले असार २८ गते (भोलि) देखि आयल निगमका गाडीहरु चल्न नदिने र असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने जनाएका छन् । त्यस्तै असार ३० गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने चेतावनी उनीहरुले दिएका छन् । आगामी आन्दोलनमाथि दमन गरिएका त्यसबाट हुन सक्ने क्षतिको सम्पूर्ण जिम्मेवार सरकार हुने अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए ।

त्यस्तै नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले निगमले आफूहरुको मागलाई बेवास्ता गरेको आरोप लगाए । उनले मनोमानी रुपमा नै निगमले पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरेकाले आन्दोलन गर्न बाध्य भएको उनले बताए ।

त्यस्तै अनेरास्ववियु माधव पक्षका अध्यक्ष सुदेश पराजुलीले सरकारबिरुद्ध गरिएको आन्दोलनलाई सशक्त पार्ने बताए । उनले ओलीले आफ्नो गल्ती नसच्चाएसम्म विद्यार्थी गठबन्धनको आन्दोलन नरोकिने बताए ।

पत्रकार सम्मेलनमा शैक्षिक क्षेत्रमा देखिएका बेथिति, राजनीतिक मुद्दा लगायतका विषयमा गरिएको सघंर्षलाई पनि निरन्तरता दिने जनाएका छन् । विपक्षीविद्यार्थी संगठनले सरकार विरुद्ध निरन्तर आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ५ : ५८ बजे

निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

थापाथलीको सुकुम्बासी बस्ती भत्काउन ५ वटा डोजर तयारी अवस्थामा

काठमाडौँ । सरकारले काठमाडौँ महानगरसँगको समन्वयमा काठमाडौँका विभिन्न सुकुमवासी बस्ती

साई सुदर्शनको शतकमा गुजरातले आरसीबीलाई दियाे २०६ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३४औँ खेलमा

बैतडीमा आँफैले भरेको भरुवा बन्दुक पड्किँदा वडा सदस्यको मृत्यु

धनगढी – बैतडीको सुर्नया गाउँपालिका–२ का वडा सदस्य दान बहादुर

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा