७२८ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? | Khabarhub Khabarhub

७२८ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२८ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ५५३ कोरोना संक्रमितको आईसीयूमा र १५७ को भेन्टिलेटरमा गरी कुल ७२८ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १११ जना आईसीयूमा र ५५ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ४ आईसीयूमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ३२३ जना आईसीयूमा र ९६ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ५३ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४६ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, कर्णालीमा ११ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ५ जना आईसीयू र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १० : ३० बजे

जिम्मेवारीमा रहनेहरूले इमानदारीपूर्वक उभिनुपर्छ : उपसभापति खड्का

सुर्खेत– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको विभिन्न जिम्मेवारीमा रहेकाहरूले

संकटग्रस्त अवस्थामा एक कुसुन्डा परिवार

गोरखा– ढिलो गरी वर्षा भएका कारण साउन महिना सकिन लाग्दा

डेंगु संक्रमतिको संख्या ३ हजार नाघ्यो, २ जनाको मृत्यु 

काठमाडौं-पछिल्लो एक सातामा १ सय ३७ जनामा डेंगुको संक्रमण देखिएसँगै

स्थानीय तहसँग अनुभव आदानप्रदान गर्दै पोखरा महानगर

गण्डकी– पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्दै विभिन्न कार्यक्रमका साथ

कोशीमा पहिलोपटक प्रदेश राजस्व कार्यालय

धरान– कोशी प्रदेश सरकारले पहिलो पटक प्रदेश राजस्व कार्यालय स्थापना