चुट्किला : भैंसीलाई खुवाउनुपर्ने « Khabarhub

चुट्किला : भैंसीलाई खुवाउनुपर्ने


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एकजना किसान मन्दिरमा प्रवचन सुन्न गए । प्रवचन सुन्ने अरु कोही थिएनन् । उनी एक्लै थिए । पण्डित एकछिन कोही आउँछन् कि भनेर पर्खिए अनि किसानसँग तिमी एक्लै भए पनि प्रवचन सुन्छौ ? भनेर प्रश्न गरे ।

भैहाल्छ नि, किसानले भन्यो । मसँग चालीसवटा भैंसी छन् तर पनि दाना खुवाउने बेलामा मेरो अगाडि एउटा मात्रै भैंसी छ भने पनि दाना खुवाउँछु नि ।

पण्डितले प्रवचन सुरु गरे । एक घण्टा बित्यो, दुई घण्टा बित्यो । चार घण्टा बित्यो र अझै आधा घण्टा प्रवचन गरेपछि पण्डितको बोली रोकियो र उनले किसानसँग सोधे–प्रवचन कस्तो लाग्यो ?

मैले अघि नै भने नि पण्डितजी… किसान बिस्तारै बोल्यो– मसँग चालीस वटा भैंसी छन्, जसलाई मैले दाना खुवाउनुपर्छ तर दाना खुवाउने समयमा मेरो अगाडि एउटा मात्र भैंसी छ भने चालीसवटा भैंसीलाई ख्वाउनुपर्ने सबै दाना एउटै भैंसीलाई कदापि ख्वाउँदिन ।

नयाँ सुट हो

एक प्रसिद्ध अभिनेत्रीले अर्की अभिनेत्रीलाई भनी,“आज तिम्रो पति एकदमै सुन्दर देखिएको छ । शायद यसको कारण उसको नयाँ सुट हो ।”
प्रसिद्ध अभिनेत्रीले जवाफ दिई–“होइन साँचो कारण त यो हो कि पति नै नयाँ हो ।”

गाडीभित्र फ्याँकिदिनुस्

आमा– छोरा आज तैंले धेरै राम्रो काम गरिस् सुन्तलाको बोक्रा गाडीभित्र फ्याँकिदिनुस् । परन्तु तैंले बोक्रा कहाँ फ्याँकिस् ?
छोरी – मैले चुपचाप मेरो नजिकै बसेको मान्छेको खल्तीमा हालिदिएँ ।

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ५ : ३० बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा