प्रधानन्यायाधीश राणाप्रति महेश बस्नेतको आक्रोश, देश द्वन्द्वमा जाने चेतावनी « Khabarhub

प्रधानन्यायाधीश राणाप्रति महेश बस्नेतको आक्रोश, देश द्वन्द्वमा जाने चेतावनी


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता महेश बस्नेतले सोमबार संवैधानिक इजलासबाट भएको फैसलाका सन्दर्भमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाप्रति चर्को आक्रोश प्रकट गर्दै फैसला नमान्ने चेतावनी दिएका छन् । बस्नेतले फैसलाका कारण देश द्वन्द्वमा प्रवेश गरेको घोषणा पनि गरेका छन् ।

फैसलापछि सर्वोच्च अदालत नजिकै माइतीघर मण्डलमा एमाले भ्रातृ सङ्गठन राष्ट्रिय युवा संघ, नेपालले आयोजना गरेको विरोध प्रदर्शनमा बस्नेतले प्रधानन्यायाधीश राणाले जहानीया राणा शासनको शैलीमा फैसला गरेको आरोप लगाउँदै ‘उनको थर राणा भएको भरमा राणा शासन नमान्ने’ चेतावनी दिए ।

युवा संघका पूर्व अध्यक्ष बस्नेतले उक्त फैसला संवैधानिक इजलासले गरेको नभई ‘शम्भु थापा र रमण श्रेष्ठहरुले’ गरेको आरोप पनि लगाए । उनले अर्को पार्टीको सांसदको मतले कांग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नसक्ने ठोकुवा गरे ।

बस्नेतले २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको प्रतिनिधिसभा विघटन उल्टाउँदा देश द्वन्द्वमा गएको भन्दै अहिले प्रधामनमन्त्री केपी शर्मा ओलीले गरेको विघटन उल्टाएर फेरि देशलाई द्वन्द्वमा धकेलेको आरोप लगाए ।

उनले अहिलेको फैसलाका कारण देश द्वन्द्वमा प्रवेश गरेको घोषणा गरे । उनले भने, ‘हामी फैसला मान्दैनौँ, नेपाली जनताले मान्दैनन्, युवाहरूले मान्दैनन्, देश द्वन्द्वमा गयो ।’

प्रदर्शनकारीहरूले फैसलाविरुद्ध चर्को नाराबाजी गरेका थिए । प्रधानमन्त्री ओलीका ठूला तस्वीर एमालेको झण्डा बोकेका प्रदर्शनकारीहरूले केपी ओली जिन्दावाद भन्दै नारा लगाएका थिए ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ३ : २१ बजे

निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

थापाथलीको सुकुम्बासी बस्ती भत्काउन ५ वटा डोजर तयारी अवस्थामा

काठमाडौँ । सरकारले काठमाडौँ महानगरसँगको समन्वयमा काठमाडौँका विभिन्न सुकुमवासी बस्ती

साई सुदर्शनको शतकमा गुजरातले आरसीबीलाई दियाे २०६ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३४औँ खेलमा

बैतडीमा आँफैले भरेको भरुवा बन्दुक पड्किँदा वडा सदस्यको मृत्यु

धनगढी – बैतडीको सुर्नया गाउँपालिका–२ का वडा सदस्य दान बहादुर

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा