अनपेक्षित र त्रुटिपूर्ण भएपनि सर्वोच्चको फैसला कार्यान्वयन गर्छौँ : एमाले | Khabarhub Khabarhub

अनपेक्षित र त्रुटिपूर्ण भएपनि सर्वोच्चको फैसला कार्यान्वयन गर्छौँ : एमाले


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले सर्वोच्च अदालतको फैसला लोकतन्त्रको मूल्य मान्यता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको एमाले स्थायी कमिटी बैठकले अदालतबाटै प्रधानमन्त्री चयन गर्ने आदेश लोकतन्त्रको मूल्य मान्यता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको निष्कर्ष निकालेको हो ।

बैठकले अदालतको आदेश अनपेक्षित र त्रुटिपूर्ण भए पनि फैसला कार्यान्वयन गर्ने जनाएको छ ।

त्यस्तै बैठकले सर्वोच्चको आदेशले शक्ति सन्तुलनको पिल्लरलाई हल्लाइदिने काम गरेको निष्कर्ष निकालिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनले जुन दिशातिर राजनीति र प्रणालीलाई लैजान खोजिएको छ, त्यसमा एकदमै चिन्तित भएको बताए ।

उनले पछिल्लो अवस्थाका कारण एमाले चिन्तित भएको बताए । एमाले स्थायी कमिटी बैठक मंगलबार पनि हुने उनले जानकारी दिए ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ७ : ४१ बजे

बजेटले नयाँ पुस्तालाई स्वरोजगार र उत्पादनसँग जोड्छ : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बजेटले नयाँ पुस्तालाई

गिजोलियो शिक्षा विधेयक, सहमति जुटाउन भन्दै उपसमितिमै फर्काइयो

काठमाडौं- प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिले विद्यालय

सलमान खान बने क्रिकेट टिमको मालिक

काठमाडौं – बलिउड नायक सलमान खान क्रिकेट टिमको मालिक बनेका

संस्कृत विश्वकै सम्पत्ति : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषा नेपाल र भारतको मात्र