‘देवदास’ सुटिङमा शाहरुखको धोती खुस्किएपछि... | Khabarhub Khabarhub

‘देवदास’ सुटिङमा शाहरुखको धोती खुस्किएपछि…


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘देवदास’लाई बलिउडको एउटा उत्कृष्ट फिल्म मानिन्छ । अभिनेता शाहरुख खान र अभिनेत्रीद्वय माधुरी दीक्षित तथा ऐश्वर्या राय बच्चनको करियरको सम्झनलायक फिल्ममा यो फिल्म पनि जोडिन्छ ।

फिल्मले जुलाई १२ मा रिलिजको १९ वर्ष पुरा गरेको छ । यही मौकामा अभिनेता शाहरुखले सामाजिक सञ्जालको माध्यमबाट आफ्ना फ्यान प्रति आभार व्यक्त गरेका छन् । उनले फिल्मको सुटिङ अवधिमा आफूले भोगेको एउटा जटिल समस्याको खुलासा गरेका छन् ।

‘मध्यरातसम्म काम गर्नु, बिहान चाँडै आउनु, सानदार माधुरी दीक्षित, सुन्दर ऐश्वर्या राय बच्चन र जहिल्यै खुशी रहने ज्याकी श्राफ, जीवनले भरिपूर्ण किरण खेर र भन्सालीको नेतृत्वमा काम गरिरहेको उत्कृष्ट टीमको कारण मेरो सबै समस्या सुल्झिए । तर एक समस्या सुल्झिएन–धोती जहिल्यै खुस्किन्थ्यो । प्रेमका लागि धन्यवाद’, उनले पोस्ट गरेका छन् ।

फिल्म सन् २००२ मा रिलिज भएको थियो । फिल्ममा शाहरुखले देवदास, माधुरीले चन्द्रमुखी र ऐश्वर्याले पारोको भूमिका निभाएका थिए । यो फिल्म शरत चन्द्र चट्टोपाध्यायको कालजयी उपन्यास ‘देवदास’माथि बनेको १४ औं फिल्म थियो ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १२ : ३० बजे

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न

काभ्रेमा तिहारभर टिपर सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – जिल्ला प्रशासन कार्यालयले तिहारभर जिल्लामा मालवाहक सवारीको साधन