बैंकिङ कसुरसहित आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा चार पक्राउ | Khabarhub Khabarhub

बैंकिङ कसुरसहित आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा चार पक्राउ


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ ।

वन्यजन्तुको अङ्गसहित दुई र बैंकिङ कसुरमा संलग्न दुई गरी चार जनालाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि परिचालित प्रहरी टोलीले ललितपुरको गोदावरीबाट दुई जनालाई कस्तुरीको बीनाजस्तो देखिने एक थान आखेटोपहारसहित पक्राउ गरेको आज एक विज्ञप्तिमार्फत जनाएको छ । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैधरुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाका आधारमा खोजतलासका क्रममा दुबै जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका–४ का ४८ वर्षीय लालबहादुर घलान र झापा गौरीगञ्जका उदयकुमार कोइराला रहेको प्रहरीले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार उक्त कसुर प्रमाणित भए रु पाँच लाखदेखि दश लाखसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ ।

यसैबीच उच्च अदालत पाटनको विसं २०७७ को फैसलाले १५ दिन कैद र रु ५५ लाख जरिवाना तोकिएको ललितपुर घर भई हाल काठमाडौँको थापागाउँ बस्ने ४९ वर्षीय गणेशमान श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तै उच्च अदालत पाटनको विसं २०७६ को फैसलाले सात दिन कैद र रु ५२ लाख जरिवाना तोकिएका काठमाडौँको शान्तिनगर बस्ने महेन्द्रप्रसाद मिश्रलाई पनि काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ९ : ३० बजे

‘माओवादीसँग चुनावी गठबन्धन र एमालेसँग सत्ता सहकार्य गर्नु कांग्रेसको गल्ती थियो’

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रश्न उठाइसकेपछि निर्णायक हस्तक्षेप

राष्ट्रपतिसमक्ष चार राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको

रवि र छविको मुद्दामा आएन आदेश, मिसिल झिकाउने इजलासको निर्णय

काठमाडौं- उच्च अदालत तुलसीपुर बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

इजरायलद्वारा वेस्ट ब्यांकबाट २५ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले बिहीबार वेस्ट ब्यांकबाट २५

एमालेसँग मिलेपछि गगनले सभापति देउवालाई भनेका थिए : कांग्रेस तपाईंको प्राइभेट कम्पनी हो ?

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेसँग सत्ता सहकार्य