पूर्वप्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारले सरकार ढाल्ने गद्दार भन्दै सार्वजनिक गरे २३ जनाको नाम « Khabarhub

पूर्वप्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारले सरकार ढाल्ने गद्दार भन्दै सार्वजनिक गरे २३ जनाको नाम


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले एमालेभित्रका २३ जनाको गद्दारीले एमाले सरकार ढलेको आरोप लगाएका छन् ।

आज बिहानै ट्‍वीट गर्दै थापाले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई समेत कांग्रेस सभापति शेरबहादुर देउवाको वैशाखी बनेको भनेका छन् ।

‘नेकपा एमाले र अध्यक्षको नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवाको वैशाखी बन्‍ने र पहिलो बधाई दिन आतुर माधव कुमार नेपालको निम्ति त यो हर्षविभोर क्षण होला !’, थापाले ट्‍वीटमा भनेका छन् ।

‘जनादेश विपरित परमादेशबाट श्री शेवदेको प्रममा नियुक्ति “हलो ताछी मुङ्ग्रो” बनाए जस्तै हो । यिनै २३ को गद्दारीको परिणाम त हो !’ भन्दै उनले सरकार ढाल्ने २३ नेताको नामसमेत सार्वजनिक गरेका छन् ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालका विरुद्ध बेला–बेला कटु आलोचना गर्दै आएका थापाले २३ गद्दारीको परिणाम भन्दै वरिष्ठ नेता नेपालसहित झलनाथ खनाल, डा.भिम रावल,रामकुमारी झाँक्री, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, मेटमणि चौधरीलगायतको नाम सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ७ : २७ बजे

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।

रास्वपा सिध्याउन राज्यका सबै अंग प्रयोग गरियो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यसअघिको