एमाले कार्यकर्ताको 'स्कर्टिङ'मा बालुवाटार छाडेर बालकोटतिर लागे ओली | Khabarhub Khabarhub

एमाले कार्यकर्ताको ‘स्कर्टिङ’मा बालुवाटार छाडेर बालकोटतिर लागे ओली


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निवर्तमान प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका छन् ।

अदालतको परमादेशमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएसँगै ओलीले  बालुवाटार छाडेका हुन् । आफ्नै निवास बालकोटमा सरेका उनलाई कार्यकर्ताले पनि स्कर्टिङ गरेका छन् ।

ओली बालुवाटारबाट बालकोट जाँदा ओलीको पक्षमा जुलुस निकालेर युथ फोर्स र राष्ट्रिय युवा संघ नेपालले दुई हजार गाडी र तीन हजार मोटरसाइकलले स्कर्टिङ गर्ने नेता महेश बस्नेतले मंगलबार नै सामाजिक सञ्जालमार्फत उद्घोष गरेका थिए । तर भारी वर्षाका कारण र्‍याली बिथोलिएको छ ।

सर्वोच्च अदालतको पदमादेशबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि ओली प्रधानमन्त्रीबाट हटेका थिए । देउवाले मंगलबार नै प्रधानमन्त्री पदको सपथ लिँदै कार्यभार सम्हालिसकेका छन् ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १२ : ४० बजे

पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत

गण्डकी– दशैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी पोखरा महानगरपालिकाले बजार

दक्षिण अफ्रिकाले जित्यो आयरल्यान्डविरुद्धको शृङ्खला

यूएई – दक्षिण अफ्रिकाले आयरल्यान्डविरुद्धको एक दिवसीय शृङ्खला जितेको छ।

मनसुनको प्रभाव कायमै, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज १९ गते शनिबार सन्

नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड

काठमाडौं – विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र