प्रधानमन्त्री कार्यालयमा राष्ट्रपतिको फोटो किन यस्तो ? « Khabarhub

प्रधानमन्त्री कार्यालयमा राष्ट्रपतिको फोटो किन यस्तो ?


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राखिएको राष्ट्रपति विद्यादेवी भण्डारीको फोटोमा मुहार चिन्न नसकिने गरी पोतिएको पाइएको छ ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएपछि सिंहदरबारमा बसेको मन्त्रिपरिषद कार्यालयको कक्षमा रहेको राष्ट्रपति भण्डारीको फोटोमा मुहार नचिन्ने गरी पोतिएको पाइएको हो ।

सरकारी समाचार संस्था राससका फोटो पत्रकार रोशन सापकोटाले खिचेको तस्वीरमार्फत मन्त्रिपरिषद कक्षमा राखिएको राष्ट्रपति भण्डारीको फोटोमा सेतो रङ वा सेतो वस्तुले पोतिएको घटना बाहिर आएको हो ।

तस्वीर : रासस

सर्वोच्च अदालतबाट प्रधानमन्त्री नियुक्त भएका देउवालाई नियुक्ती गर्दा संविधानको धारा उल्लेख नगरिएकाले राष्ट्रपतिसँगको रिस्इबीका कारण सरकारले नै यस्तो हर्कत गरेको केहीले आशंका गरेका छन् । कतिपयले भने फोटोसप गरिएको दाबी गरेका छन् ।

राससका महाप्रबन्धक सिद्धराज राईले फोटोमा कुनै छेडखानी नगरिएको बताएका छन् । उनले जस्तो फोटो खिचिएको त्यस्तै प्रेषित गरेको दाबी गरेका छन् । त्यस विषयमा वास्तविकता बुझ्ने काम भइरहेको उनले जानकारी दिए ।

तस्वीर खिच्ने फोटोपत्रकार सापकोटाले भने क्यामेराको लाइटका कारण राष्ट्रपतिको तस्वीरमा सेतो दाग देखिएको दाबी गरेका छन् । फोटो खिच्ने समयमा नेपाल टेलिभिजनको क्यामेराको लाइट प्रधानमन्त्री देउवाको आँखामा सोझै परेपछि उक्त लाइट सिलिङतर्फ फर्काउँदा लाइटका कारण फोटोमा त्यस्तो देखिएको उनले बताए ।

मन्त्रिपरिषद कार्यालयले भने यस विषयमा कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ ।

‘सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषदको पहिलो बैठकमा सहभागी हुँदै मन्त्रीहरु’ भन्दै राससले प्रकाशन गरेको तस्वीरमा राष्ट्रपतिको मुहारमा पोतिएको स्पष्ट देखिएको छ ।

राष्ट्रपतिको फोटो पोतिएको घटनालाई लिएर समाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आलोचना शुरू भएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ३ : ३५ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।