ताराको ‘तिम्रै लागि’मा प्रेम र पीडा « Khabarhub

ताराको ‘तिम्रै लागि’मा प्रेम र पीडा


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गीतकार तारा अधिकारीको नयाँ गीत ‘तिम्रै लागि’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनौलो तारा युट्युब च्यानलबाट दर्शकमाझ आएको गीतमा इन्दिरा जोशीको स्वर छ । गीतमा संगीत हरि लम्साल र संगीत संयोजन उदयराज पौडेलको छ । अकस्टिक रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड भएको हो । गीतमा चन्द्र चौधरीको मिक्सिङ छ ।

भिडियोमा विकास लामिछाने, उषा उप्रेती, धर्मेन्द्र आचार्य, रियांशी थापा, गोविन्द काफ्ले, डा. अनिलकुमार भट्ट र डा. उमा क्यालको अभिनय छ । रमेश थापाको निर्देशनमा तयार भएको भिडियोमा शिव ढकालले छायांकन र नकुल खड्काले सम्पादन छ । म्युजिक भिडियोको चन्द्र विनायक फिल्म प्रोडक्सनमा पोष्ट प्रोडक्सन गरिएको हो ।

गीतमा सम्पन्न परिवारकी युवतीले आफ्नो प्रेमीका लागि घर छाडेपछि उत्पन्न हुने जीवन र त्यसमा आउने उतारचढाव देखाइएको छ ।

निर्देशक थापाले बिहेपछि वैदेशिक रोजगारमा श्रीमान् गएपछि श्रीमतीलाई पर्ने समस्या र समाजले हेर्ने दृष्टिकोण देखाउन खोजिएको बताउँदै यसलाई दर्शकले मन पराउने विश्वास लिए ।

https://www.youtube.com/watch?v=oHPufhkNylk

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  १२ : १५ बजे

ग्यासको सास्ती : निगमले तोकेका सात ठाउँमा बिहानैदेखि लामो लाइन (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको समस्या समाधान गर्न नेपाल

‘अदालतले बचाएकाले फर्किएँ, न्याय मिल्नेमा विश्वस्त छु’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले अदालतको निर्णयलाई आफूले सम्मान

सुवासना बनिन् ‘भ्वाइस किड्स ५’ की विजेता

काठमाडौं – सुवासना खड्का गायन रियालिटी शो ‘भ्वाइस किड्स ५’

धार्मिक स्वतन्त्रताको व्याख्यासहित देउवाले भने, ‘म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आइतबार काठमाडौंको

रुससँगको सम्बन्धको भविष्यप्रति किम आशावादी

प्योङयाङ– उत्तर कोरियाली नेता किम जोङ–उनले रुससँगको सम्बन्धको भविष्यप्रति आफू