राससका प्रधानसम्पादकमा पाठक « Khabarhub

राससका प्रधानसम्पादकमा पाठक


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादकमा एकराज पाठक नियुक्त भएका छन् ।

हाल कर्मचारी प्रतिनिधिका रुपमा रासस सञ्चालक समितिका सदस्य उनले १० औँ तहमा बढुवासहित आउँदो साउन १ गतेदेखि लागु हुने गरी प्रधानसम्पादकको जिम्मेवारी प्राप्त गरेका हुन् ।

पाठकलाई आज रासस केन्द्रीय कार्यालयमा कार्यकारी अध्यक्ष श्यामल अधिकारीका उपस्थितिमा महाप्रबन्धक सिद्धराज राईले बढुवासहित जिम्मेवारीको पत्र हस्तान्तरण गर्दै बधाई दिए ।

साथै नवनियुक्त नायब महाप्रबन्धकहरुले पनि उनलाई बधाई दिए । हाल प्रधानसम्पादक रहनुभएका श्यामप्रसाद रिमाल ११ औँ तहका नायब महाप्रबन्धकमा बढुवा भएका हुन् ।

यसैगरी प्रमुख समाचारदाता राजु शाक्य र अन्तरराष्ट्रिय शाखा प्रमुख सोमनाथ लामिछाने पनि नायब महाप्रबन्धकमा बढुवा भएकोमा अध्यक्ष तथा महाप्रबन्धकले बधाई दिए ।

हाल रासस आलेख शाखाका प्रमुख पाठक विसं २०५६ मा समाचारदाताका रुपमा रासस प्रवेश गरेका थिए । उनीसँग विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता विषय अध्यापनको अनुभव छ ।

सूचनाको हक र पत्रकारिता विषयमा विभिन्न पुस्तकका लेखक पाठकले यसअघि राससका उपप्रमुख समाचारदाता, अन्तरराष्ट्रिय समाचार डेस्कका प्रमुख तथा प्रदेश समन्वय विभाग प्रमुखका रुपमा रहेर काम गरेका  छन् ।

त्यस्तै रासस प्रमुख समाचारदातामा कार्यकारी सम्पादक कृष्ण अधिकारी नियुक्त भएका छन् ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ५ : ०१ बजे

प्राथमिक उपचारकर्ता उत्पादनका लागि तालिम सुरु : प्रशिक्षणमा महिलाको उत्साह 

काठमाडौं– हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा

प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक