पहिरोले गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध « Khabarhub

पहिरोले गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अविरल वर्षाका कारण पहिरो जाँदा गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध बनेको छ ।

शीतगङ्गा नगरपालिका–१२ स्थित बसेरीको जङ्गलमा गएको पहिरोले आज बिहानदेखि गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अम्मर थापाले बताए ।

दैनिक परिरहेको अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्न छाडेको छैन । पहिरो बगिरहँदा एक्स्काभेटरलाई पनि काम गर्न जोखिम रहेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।

सडकमा पहिरो खसेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने गाडी बीच बाटोमै रोकिएका छन् । सडक सुचारु गर्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय ठाडाले बताएको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ८ : १५ बजे

कांग्रेस दमक नगर सभापतिले छाडे पार्टी, बालेनलाई सघाउने

दमक– नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईंले पार्टीको पद

गगनविरूद्ध देउवाको रिट न्यायाधीश पोखरेलको इजलासमा, सुनुवाइको पालो मिल्ने सम्भावना कमजोर

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

पोखरामा एक सातादेखि सडकमै थुप्रियो फोहोर (तस्बिरहरू)

काठमाडौं– एक सातादेखि फोहोर नउठ्दा देशकै पर्यटकीय राजधानी पोखराका सडक

सरकारी बेवास्ताले स्वास्थ्य बीमा संकटमा, सेवा बन्द हुँदा बिरामी अलपत्र, निरिह कार्यकारीको राजीनामा

काठमाडौं- सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा पर्दै

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर  वृद्धि भएको छ ।