किम जोङ उनकी विलासी श्रीमतीका १० रोचक किस्सा | Khabarhub Khabarhub

किम जोङ उनकी विलासी श्रीमतीका १० रोचक किस्सा


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन विश्वका चर्चितमध्येका एक नेता हुन् । उनलाई सनकका भरमा काम गर्ने नेताका रुपमा पनि धेरैले चिन्छन् । हुन पनि उनले कतिबेला के गर्ने हुन भन्ने पूर्वानुमान कसैले गर्न सक्दैनन् ।

सायद त्यही कारणले उनी विश्वभर चर्चित छन् । यति मात्र होइन, उनकी श्रीमती री सोल जू पनि कहिले कहीँ चर्चामा आउने गरेकी छिन् । केही वर्षअघिसम्म उनीबारे थाहा नभएका कुराहरु पनि समयक्रमसँगै बाहिर आउँदै गएका छन् । री सोल जूबारे यस्ता केही किस्सा छन्, जुन सबैलाई थाहा नहुन सक्छ ।

१. उनी निकै महङ्गा सामान मन पराउँछिन्

री सोल जु निकै विलासी तथा महङ्गा सामान मन पराउँछिन् । उनले प्रयोग गर्ने हेण्डब्याग, कपडा तथा अन्य सामानहरु एकदमै महङ्गा छन् । अधिकांश उत्तर कोरियालीहरु खान नपाएर भोकभोकै रहेका बेला उनले भने एक पटक १,५९४ अमेरिकी डलर बराबरको डियोरको हेण्डब्याग बोकेकी थिइन् । निकै नै तानाशाही शासन रहेको उत्तर कोरियामा किमकी श्रीमती भने विलासितामा रमाइरहेकी हुन्छिन् ।

२. उनको परिवार सम्भ्रान्त तथा शिक्षित वर्गका हुन

उनको पारिवारिक पृष्ठभूमि अत्यन्त सम्भ्रान्त र शिक्षित रहेको बताइन्छ । उनका बाबु प्रोफेसर हुन् भने उनकी आमा डाक्टर हुन् । उनका बाबुले कुनै समय कोरियाली जनसेनाको वायुसेनामा पनि काम गरेको बताइन्छ । तर, उनका दाजुभाइ दिदिबहिनीबारे भने केही सार्वजनिक गरिएको छैन ।

३. उनी ३० वर्ष पनि पुगेकी छैनन्

उत्तर कोरियाको आधिकारिक रेकर्ड अनुसार उनको जन्म उत्तर कोरियाको तेश्रो ठूलो शहर चोङजिनमा सन् १९८९ को सेप्टेम्बर महिनामा भएको थियो । यसअनुसार उनी अझै ३० वर्ष पनि पुगेकी छैनन् । तर, उनका पति किम जोङ उन भने ३५ वर्षका छन् । यसअनुसार दुई जनाको उमेरको अन्तर ५ वर्षको छ ।

४. उनका तीन छोरा छोरी छन्

उनले तीन छोराछोरीलाई जन्म दिएको बताइन्छ । सन् २०१३ मा अमेरिकी बास्केटबल खेलाडी तथा किम जोङ उनका साथी डेनिस रोडम्यानले दिएको अन्तरवार्तामा किमका दुई सन्तान रहेको बताएका थिए । त्यसयता सन् २०१७ मा उनी सार्वजनिक कार्यक्रममा देखिन छाडेकी थिइन् । त्यसबेला उनी गर्भवती रहेको र अर्को सन्तानलाई जन्म दिएको भन्ने विश्वास गरिन्छ ।

५. उनले कहिले किमसँग विवाह गरेका हुन् भन्ने स्पष्ट छैन

किम जोङ उन र उनीबीच कहिले विवाह भएको हो भन्ने स्पष्ट छैन । कुनै समाचारमा उनी र किम जोङ उनबीच सन् २००९ मा भेट भएको बताइन्छ भने कुनै समाचारमा उनी र किमबीच सन् २०१० मा भेट भएको हुनसक्ने बताइन्छ । तर, उनीहरुबीच विवाह कहिले र कहाँ भएको हो भन्ने चाहीँ हालसम्म सार्वजनिक भएको छैन ।

६. उनी उत्तर कोरियाली सङ्गीत समूहकी सदस्य समेत रहिसकेकी छिन्

किम जोङ उनसँग विवाह गर्नुअघि री सोल जू उत्तर कोरियाली साङ्गीतिक समूह उनहाङ्सु अर्केष्ट्राकी सदस्य समेत रहिसकेकी छिन् । यो समूहले सन् २००५ मा एशियन एथ्लेटिक्स च्याम्पियनसिपमा दक्षिण कोरिया पुगेर प्रस्तुती दिएको हुनसक्ने र त्यो बेला पनि री यही समूहमा रहेको हुनसक्ने समाचार सार्वजनिक भएका छन् । त्यसबाहेक सन् २०१० मा किम जोङ उनका लागि यही समूहले साङ्गीतिक प्रस्तुती दिँदा उनी पनि उक्त समूहमा रहेको हुनसक्ने बताइन्छ ।

७. उनले चीनमा सङ्गीतको शिक्षा लिएका थिइन्

उनले चीनमा सङ्गीतको शिक्षा लिएकी थिइन् । यद्यपि उनले कहिले कहाँ र कुन विद्यालयमा उनले सङ्गीतको अध्ययन गरेकी हुन् भन्ने चाहीँ स्पष्ट छैन् । यद्यपि उनले चीनमा अध्ययन गरिसकेपछि मात्रै उत्तर कोरियाली अर्केष्ट्रामा सहभागी भएको हुनसक्ने विश्वास गरिन्छ ।

८ सन् २०११ मा किम जोङ इलको अन्त्येष्टी सभामा पहिलोपटक देखिएकी थिइन्

उनी पहिलोपटक सन् २०११ मा तत्कालिन उत्तर कोरियाली शासक किम इल सुङ्को अन्त्येष्टी सभामा पहिलोपटक देखा परेकी थिइन् । त्यसबेला उनी को हुन् भन्नेबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले व्यापक चासो देखाएका थिए ।

९. सन् २०१२ मा मात्र उनको पहिचान सार्वजनिक गरिएको थियो

सन् २०१२ मा मात्रै उत्तर कोरियाको सञ्चारमाध्यम केसीएनएले री सोल जूको पहिचान सार्वजनिक गरेको थियो । त्यसबेला उनी किम जोङ उनको श्रीमती भएको खुलासा गरेको थियो । त्यसअघि उनी को हुन् भन्ने स्पष्ट थिएन ।

१०. उनी उत्तर कोरियाकी सबैभन्दा प्रभावशाली तथा शक्तिशाली महिला भने होइनन्

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी श्रीमती भएपनि उनी उत्तर कोरियाकी सबैभन्दा प्रभावशाली तथा शक्तिशाली महिला भने होइनन् । किम जोङ उनकी बहिनी किम यो जोङ उत्तर कोरियाकी सबैभन्दा शक्तिशाली महिला हुन् । अघिल्लो वर्ष उत्तर कोरियाले आफ्नो कुटनीतिक सम्बन्धको विस्तार गर्ने दिशामा कदम चालेपछि किम यो जोङ चर्चामा आएकी थिइन् । त्यसबाहेक किम यो जोङ उत्तर कोरियाली वर्कर्स पार्टीकी प्रभावशाली नेता समेत हुन् । तर, पार्टी र मुलुकको राजनीतिमा री सोल जूको प्रभाव कति छ भन्ने स्पष्ट छैन ।

यो पनि पढ्नुहोस्

उत्तर कोरियाका शासक किमबारे तपाईंलाई थाहा नभएका १० रोचक किस्सा

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  २ : २० बजे

कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा

कास्की – बडा दशैंको अन्तिम दिन आगामी कात्तिक १ गते

गाईसँग ठोक्किँदा मोटरसाइकलमा सवार एकको मृत्यु

सुर्खेत । सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु

मकवानपुरमा यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा ३० यात्रु घाइते

बागमती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–६ चौकीटोलस्थित सडकमा आज

दुई दिने साहित्य तःमुञ्या सुरु

भक्तपुर । जनता म्वाःसा भाषा म्वाई अर्थात जनता रहे भाषा

भारत र क्यानडाबीच तनाव बढ्दै

काठमाडौं – भारतले क्यानडासँगको सम्बन्धमा तनावका बीच आफ्ना राजदुत सञ्जय