प्रदेश २ मा दुई विधेयक प्रमाणीकरण, दुई फिर्ता | Khabarhub Khabarhub

प्रदेश २ मा दुई विधेयक प्रमाणीकरण, दुई फिर्ता


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश नम्बर २ का प्रमुख डा राजेश अहिराजले आज दुई विधेयक प्रमाणीकरण गरेका छन् भने दुई फिर्ता पठाएका छन् ।

प्रदेशसभाबाट पारित भई आएका ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८’ र ‘विनियोजन विधेयक २०७८’ प्रमाणीकरण गरिएको हो ।

त्यसैगरी उनले स्वास्थ्यसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता पठाएका हुन् । डा अहिराजले यसअघि पनि ती विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएका थिए ।

ती विधेयकमा केही बुँदा परिमार्जन गर्नुपर्ने भएको हुँदा फिर्ता पठाइएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  १० : ५९ बजे

एमाले असम्भव चुनावको पछाडि लाग्दैन: महासचिव पोखरेल

सुर्खेत- नेकपा (एमाले)ले आउँदो फागुन २१ गतेका निम्ति तय प्रतिनिधिसभा

‘स्थायी जनशक्ति नहुँदा सेवा प्रवाहमा चुनौती हुन्छ’

विराटनगर– स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि स्थायी जनशक्ति अपरिहार्य भएको

एभरेस्ट महिला भलिबलको उपाधि कर्णालीलाई

काठमाडौँ- एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली याश्विसले जितेको छ।

सबै स्थानीय तहमा युवा परिषद् गठन गर्न आग्रह

काठमाडौँ- राष्ट्रिय युवा परिषद्ले सबै स्थानीय तहलाई ‘स्थानीय युवा परिषद्’

विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाउनुपर्छ: माधवकुमार नेपाल

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले देशमा कम्युनिष्ट आन्दोलनलाई