अभिनेत्री सुरेखा सिकरीको निधन « Khabarhub

अभिनेत्री सुरेखा सिकरीको निधन


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउडकी दिग्गज अभिनेता दिलीप कुमारको निधन भएको केही साता नबित्दै टेलिभिजनकी दिग्गज अभिनेत्री सुरेखा सिकरीको निधन भएको छ । उनलाई कार्डियक अरेष्ट भएको हो ।

अभिनेत्रीका मेनेजरले उनको निधनको पुष्टि गरेका छन् । सुरेखा पछिल्लो समययता बिरामी थिइन् । उनलाई गत वर्ष पनि ब्रेन स्ट्रोक भएको थियो । यसपछि उनको स्वास्थ्य अवस्था बिग्रदै गएको थियो ।

‘तीन पटक नेशनल अवार्ड विजेता भइसकेकी सुरेखाको आज बिहान निधन भएको छ । उनको उमेर ७५ थियो । उनलाई दोस्रोपटक ब्रेन स्ट्रोक भएपछि स्वास्थ्य सम्बन्धी समस्या नियमित देखिइरहेको थियो । यो समयमा उनका परिवारका सबै सदस्य उपस्थित छन् । उनीहरुले गोपनियता मागेका छन्’, मेनेजरले भनेका छन् ।

नयाँदिल्लीमा जन्मिएकी सुरेखाले उत्तर प्रदेशको अल्मोडा र उत्तराखण्डको नैनीतालमा आफ्नो जीवन बिताइन् । अभिनेत्रीले अलीगढ मुस्लिम युनिवर्सिटीबाट आफ्नो पढाई पुरा गरिन् र नेशनल स्कुल अफ ड्रामामा अभिनय सिकिन् ।

उनले सन् १९७८ मा फिल्म ‘किस्सा कुर्सी का’बाट अभिनय करियर सुरुवात गरिन् । यसपछि उनले कैयौं फिल्म र टेलिफिल्ममा अभिनय गरिन् ।

सुरेखाले चर्चित सिरियल ‘बालिका वधु’मा ‘दादी’को भूमिका निभाएकी थिइन् । यो भूमिका यति चर्चित भयो कि उनलाई जोकोहीले ‘दादी सा’ नामले बोलाउन थाले । अहिले पनि उनलाई यही नामले बोलाउने गर्छन् ।

फिल्मको कुरा गर्दा उनले ‘तमास’, ‘हरी–भरी’, ‘जुबैदा’, ‘नजर’, ‘मामो’, ‘सरदारी बेगम’, ‘सरफरोश’, ‘बधाई हो’ मा अभिनय गरेकी छन् । उनले ‘तमास’, ‘मामो’ र ‘बधाई’का लागि नेशनल अवार्ड जितेकी छन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ११ : ११ बजे

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

काठमाडौं– हाल तीनदीन सम्म देशभर मौसम सक्रिय नरहने जल तथा

२४ घण्टामा विपद्का ४९ घटना : तीन जनाको मृत्यु, १९ घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४९ वटा घटना

बिहानैबाट खोज्न थालियो भोटेकोसीमा चालकसहित बेपत्ता गाडी

काठमाडौं–  शनिबार भोटेकोसी नदीमा चालकसहित खसेको गाडीको बिहानै देखि खोजी

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ– शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि ग्वाङडोङ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान