६ विवाह मण्डपबाट भागेकी कटरीना « Khabarhub

६ विवाह मण्डपबाट भागेकी कटरीना


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– अभिनेत्री कटरीना कैफ बलिउडको ठूलो नाम हो । सन् २००३ मा बलिउडमा डेब्यू गरेपछि कटरीनाले कैयौं भूमिका निर्वाह गरेकी छन् । यी भूमिकामा उनले निभाएको बेहुली भूमिका निकै हिट छ ।

कटरीनाले कैयौं फिल्ममा यस्तो महिलाको भूमिका निभाएकी छन्, जो विवाहको तयारीमा हुन्छिन् । तर उनी बेहुली बनेको फिल्ममा उनी विवाह मण्डपबाट भाग्ने गरेकी छन् ।

फिल्म ‘अजब प्रेमकी गजब कहानी’मा कटरीनाले अभिनेता रणवीर कपूरको प्रेमिकाको भूमिकामा अभिनय गरेकी छन् । फिल्ममा जेनीको भूमिकामा देखिएकी कटरीनाले प्रेमीसँग विवाह गर्ने तयारीमा हुन्छिन् । तर अन्त्यमा उनले आफ्नो प्रेम रणवीर कपूरसँग रहेको अनुभव गरेपछि उनी विवाह मण्डपबाट भाग्छिन् ।

फिल्म ‘नमस्ते लण्डन’मा कटरीनाको वैवाहिक लुक्स निकै आकर्षक थियो । यद्यपि यो फिल्ममा उनी आफ्नो विवाहबाट भागेर पहिलो पति अक्षय कुमारको ठाउँमा पुग्छिन् ।

कटरीनाले अभिनेता अक्षय कुमारसँग फिल्म ‘सिंह इज किङ’मा अभिनय गरेकी छन् । फिल्ममा कटरीनाको विवाह उनको अर्को दुलाहा रणवीर शोरेसँग हुने तामझाम भइरहेको हुन्छ । तर उनलाई आफ्नो वास्तविक प्रेमी अक्षय हो भन्ने थाहा भएपछि उनी भागेर अक्षयलाई भेट्न पुग्छिन् ।

फिल्म ‘पार्टनर’मा अभिनेता सलमान खानले निकै मेहनत गरेर गोविन्दा र कटरीनाको मन जोड्छन् । तर कटरीनाको धनी पिताले उनको विवाह अझ धनी केटासँग गराउन चाहन्छन् । यद्यपि कटरीनाको हुन लागेको विवाहमा गोविन्दा, सलमान र लारा दत्त पुग्छन् ।

यसबाहेक कटरीना फिल्म ‘मैंने प्यार क्यों किया’ र ‘मेरे ब्रदर की दुल्हन’मा पनि विवाहको मण्डपबाट भागेकी छन् ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ३ : ३० बजे

चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित बन्दै

निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी

काठमाडौं – निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

साताको कार्टुन – कांग्रेसमा पूर्णबहादुरको तौल !

काठमाडौं – भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाली कांग्रेस

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो

तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला – जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा