गुण्डा नाइके सगुन श्रेष्ठको समूहबाट कांग्रेस नेता घिमिरेमाथि कुट्पिट « Khabarhub

गुण्डा नाइके सगुन श्रेष्ठको समूहबाट कांग्रेस नेता घिमिरेमाथि कुट्पिट


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको वाग्मती प्रदेशमा क्रियाशील सदस्यताको विवाद टुंग्याउन गठित समितिका संयोजक श्याम घिमिरेमाथि आक्रमण भएको छ ।

क्रियाशील सदस्यको विषयमा वाग्मती प्रदेशमा विवाद टुंग्याउन पार्टीले केन्द्रीय सदस्य घिमिरेको संयोजकत्वमा समिति गठन गरेको थियो । संयोजक घिमिरे विवाद टुंग्याउन क्रियाशील रहेकै बखत उनीमाथि आफ्नै पार्टीका नेता मोहन बस्नेतको संरक्षकत्वमा रहेका गुण्डा नाइके सगुन श्रेष्ठसहितको समूहले आक्रमण गरेको हो ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को क्रियाशील सदस्यताको विषयलाई लिएर भक्तपुरका गुण्डा नाइके श्रेष्ठसहितको समूहले संयोजक घिमिरेमाथि हातपात गरेका छन् ।

छानविन समितिमा क्रियाशील सदस्यता वितरणमा मनपरी गरेको उजुरी परेको थियो । उजुरीपछि समितिले मनपरी ढंगले सदस्यता वितरण गरेको ठहर गर्दै नयाँ क्रियाशील सदस्यलाई रद्ध गरी पुरानै सदस्यतालाई कायम गर्ने निर्णय गरेपछि विवाद बढेको थियो ।

विवाद बढ्दै जाँदा काठमाडौँको गौशाला पिंगलास्थानमा घिमिरेमाथि हातपात भएको हो । सिन्धुपाल्चोकका नेता एवं पूर्वसञ्चारमन्त्री बस्नेतको संरक्षकत्वमा रहेका श्रेष्ठको नेतृत्वमा खटिएका एक दर्जन युवाले नेता घिमिरेमाथि हातपात गरेका थिए ।

श्रेष्ठसँग सिन्धुपाल्चोकका नेता हरिशरण श्रेष्ठ, बालकृष्ण बस्नेत, प्रेमध्यज लामा, ज्ञानेन्द्र थापासँगै टोले गुण्डा झिङ्गे भन्ने सञ्जय लामा र सानु सगुनलगायतको समूहले आक्रमण गरेका थिए ।

सिन्धुपाल्चोकका तरुण दल उपाध्यक्षसमेत रहेका श्रेष्ठ पछिल्लो समय आफ्नो आपराधिक ग्याङलाई मजबुत बनाउन झिङ्गेसँग मितेरी साईनो गाँसेर आपराधिक क्रियाकलाप गर्दै आइरहेका छन् ।

श्रेष्ठलाई उपाध्यक्षमै रहेका बखत पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको पाइएपछि तरूण दल केन्द्रीय कार्यसमितिले कारबाही गर्दै उपाध्यक्षबाट बर्खास्त समेत गरेको थियो ।

सगुन श्रेष्ठ र झिङ्गे दुवै जना प्रहरीको गुण्डाहरुको सूचीमा क वर्गमा सूचीकृत व्यक्ति हुन् । देशका १ सय ४३ क्षेत्रमा मात्र क्रियाशील सदस्यको टुंगो लागे पनि अन्य क्षेत्रहरुमा भने अझै विवाद नै छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ५ : २८ बजे

बस्ती छाड्दै मनोहराका सुकुमबासी

भक्तपुर– भक्तपुरको मनोहरास्थित सुकुमबासी बस्तीका बासिन्दा बस्ती खाली गर्न थालेका

गाजा संकट गहिरिँदै : मृतक सङ्ख्या बढ्दो

एजेन्सी– गाजा क्षेत्रमा शुक्रबार इजरायली आक्रमणका क्रममा कम्तीमा १० जना

दाङमा सवारी दुर्घटनाको अवस्था : चार वर्षमा तीन सय बढीको मृत्यु

दाङ– गत चैत ५ गते बेलुका ७ः०० बजे तुलसीपुर उपमहानगरपालिका-९

सन्दीपले दिलाए सातौँ सफलता, यूएईको इनिङ सङ्कटमा

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार नेपाल र

थापाथली बस्तीबाट २३ परिवारको सूची दर्ता, अस्थायी व्यवस्थापन प्रक्रिया अघि बढाइँदै

काठमाडौं – थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्तीबाट हटाइएका