नयाँ भर्सनमा यश कुमारको ‘तिम्रो मन बदलिएछ’ « Khabarhub

नयाँ भर्सनमा यश कुमारको ‘तिम्रो मन बदलिएछ’


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक यश कुमार र गायिका सपनाश्रीले २० वर्ष अघि गाएको गीत ‘तिम्रो मन बदलिएछ’ नयाँ स्वरुपमा श्रोता तथा दर्शकमाझ आएको छ । नयाँ स्वरुपको गीतमा यशलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छन् । गीतमा यशकै शब्द र संगीत छ ।

गीतमा देवेश राईको एरेञ्ज, साजन शाहको मिक्सिङ छ । गीतको भिडियोमा सागर लम्साल, प्रिज्मा–प्रिन्सी खतिवडा फिचर्ड छन् । भिडियोमा आकाश कार्की, जीवन नेपाल र रेशम बुढाथोकीको पनि अभिनय छ ।

गायक यशले गीतले सबैको आ–आफ्नो भोगाइलाई छुने दाबी गरे । अभिनेता सागरले आफूले सानो उमेरदेखि नै सुन्दै आएको गीतलाई भिडियो बनाउन गरेको प्रस्ताव स्वीकार गरेकोमा यशप्रति आभार व्यक्त गरे ।

अभिनेत्रीद्वय प्रिन्सी र प्रिज्माले बच्चादेखि सुन्दै आएको गीतमा अभिनय गर्न पाउनु सपना पनि नसोचेको फल पाएको बताए । निर्देशक निकेश खड्काले आफूले कलेज पढ्दाताका धेरै सुनेको यो गीतलाई आफैले एक्सन–कट गर्न पाउनु चुनौतीसँगै अवसर पनि भएको दाबी गरे ।

भिडियोमा बुद्ध थापा र उनको समूहको छायांकन, विकास धमलाको सम्पादन र रंग संयोजन, सरोज कुँवरको प्रोडक्सन र निकेश खड्काको कथा तथा निर्देशन छ ।

भिडियोका निर्माताहरु भीमादेवी क्षेत्री र सचित लम्साल केसी हुन् । भिडियो बले इन्टरटेनेमन्टको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ५ : ३० बजे

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस

भदौका लागि वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदर घट्यो

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि मुद्दतीतर्फको नयाँ

भारतीय प्रधानसेनापति सेठ काठमाडौं आउँदै

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको

बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

चितवन– चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एकजना व्यक्ति तथा

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार