पश्चिम युरोपमा भारी वर्षा, बाढीपहिरोमा १२० जनाको मृत्यु « Khabarhub

पश्चिम युरोपमा भारी वर्षा, बाढीपहिरोमा १२० जनाको मृत्यु


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिम युरोपमा भारी वर्षापछिको बाढीपहिरोमा कम्तीमा १२० जनाको मृत्यु भएको छ । कयौँ मानिसहरु बेपत्ता भएका छन् ।

बाढीले जर्मनी, बेल्जियम, लक्जम्बर्ग र नेदरल्याण्ड्सको जनजीवन प्रभावित भएको छ । बाढीको असर सबैभन्दा धेरै असर जर्मनीमा परेको जनाइएको छ ।

एक महिनामा पर्ने पानी २४ घण्टाभित्रै परेको त्यहाँको मौसम विभागलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । जर्मनीमा नौ घण्टामा अधिकतम २  सय ७ मिलीलिटरसम्म पानी परेको छ । मृतक अधिकांश जर्मनीका छन् ।

जर्मनीको राइनल्यान्ड प्यालाटिनेट राज्यका १३ सय नागरिक हराइरहेका बीबीसीले जनाएको छ । जर्मन मौसम विभागका प्रवक्ता एन्ड्रियास फ्रेडरिकले अहिलेको बाढी यो शताब्दीकै ठूलो मानिएको छ ।

जर्मन चान्सलर एन्जेला मर्केलले विपत्तिमा परेका सर्वसाधारणको उद्धारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएकी छन् ।

जलवायु परिवर्तन र बढ्दो तापक्रम  ठूलो वर्षा र बाढीको कारण रहेको विज्ञहरुले जनाएका छन् । औद्योगिक युग शुरू भएयता विश्वको तापक्रम १.२ डिग्री सेल्सियस बढिसकेकाले तापक्रम घटाउने क्रियाकलाप नगरे धेरै विनाश हुने विज्ञहरुको चेतावनी छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ७ : ५५ बजे

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका